महोत्सवमा चिडियाघर प्रमुख आकर्षण, अष्ट्रिज हेर्नेको घुईचो
926 पटक पढिएको

धादिङबेसीमा सुरु भएको मेलामा चिडियाघर मुख्य आकर्षणको विषय बनेको छ । चिडियाघर भित्र देखीने पंक्षि तथा जनावरहरु महोत्सव स्थलमै देखीएपछि दर्शकहरु उत्साहित बनेका छन् । मेलामा प्रदर्शनको लागि अस्ट्रिज जातको चरा, अजिङ्गर, गोही, लगायत अन्य जनवारहरु ल्याइएको छ । टेलिभिजनमा मात्र देखीएको अष्ट्रिज चरा महोत्सव स्थलमै देखेपछि दर्शकहरु अष्ट्रिज हेर्नको लागि तछाड मछाड रहेको छ । साथै महोत्सवमा विभिन्न रमाईलो मेला, कृषि प्रदर्शनी, हस्तकलाका सामाग्री तथा धार्मिक सामाग्रीहरु रहेका छन् ।