पुस१७ गते नेपाली पोसाक दिवस
1282 पटक पढिएको

काठमाडौँ,-। दोस्रो नेपाली पोसाक दिवस–२०७१ यही पुस १७ विहीवार मनाईने भएको छ ।
स्वामी राजानन्द असहाय कल्याणकारी संस्था नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालका विभिन्न जातजातिको भेषभूषा तथा पोसाकको प्रबद्र्र्घन गर्ने उद्देश्यले हरेक वर्ष पुस १७ गतेलाई पोसाक दिवसका रूपमा मनाउँदै आइरहेको जानकारी दिइयो ।
सो दिवसका अवसरमा पुस १७ गते बनेपाबाट आएका विभिन्न विद्यालय, क्लब तथा संस्था तथा झाँकी सहभागी भएको ¥याली काठमाडौँको भृकुटीमण्डपबाट बाजागाजासहित सुरु भई बसन्तपुरको डबलीमा पुगेर समापन हुने कार्यक्रम छ ।
¥यालीमा नेवार, तामाङ, भोटे, तराईका विभिन्न ७५ भन्दा बढी जातजातिको पोसाकलगाएका महिला तथा पुरुषको सहभागिता रहने श्रद्धावान नेपाल काभे् का अध्यक्ष स्वामी राजानन्दले जानकारी दिनुभयो ।
उहाँले गत वर्षदेखि सुरु गरेको पोसाक दिवस राष्ट्रियस्तरमा मनाउन सरकारको ध्यानाकर्षण गर्ने निर्णय भएको पनि बताउनुभयो ।