हल्का बर्षा हुने, चिसो बढ्ने संभावना

603 पटक पढिएको

सम्पादक: Dhading News

newsDetailvtxweather33काठमाडौं । आजदेखि मुलुकभर हल्का बर्षा हुने संकेत देखिएको छ । वर्षाका कारण चिसो बढ्ने जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च हिमाली भागमा हिमपात तथा पहाडी भेगमा सामान्य वर्षाको सम्भावना छ। पश्चिमी वायुको प्रभाव र स्थानीय रूपमा विकास भएको पानी पार्ने प्रणालीका कारण वर्षाको सम्भावना बढेको हो। महाशाखाका मौसमविद् वरुण पौडेलले आज र भोलि हल्का पानी पर्ने र चिसो पनि बढ्ने बताए ।

मौसमविद्हरूका अनुसार अरब सागर तथा मेडिटेरियन सीबाटसमेत वर्षा गराउने प्रणाली आएको छ। बंगलाको खाडीबाट आएको बाफयुक्त हावाले समेत बिहीबारदेखि हुने हल्का वर्षालाई सघाउँदैछ।

पश्चिमी वायुको प्रभावसँगै तराईमा शीतलहरसमेत कम भएको छ। एक सातादेखि लगातार तराईमा देखिएको बाक्लो हुस्सुले जनवीवन कष्टकर बनेको छ ।