आज देखि मौसममा सुधार आउने अनुमान

901 पटक पढिएको

२० पुष २०७१, आईतवार ०७:११ सम्पादक: धादिङ न्यूज

mausamकाठमाडौँ, – केही दिनयता काठमाडौँ उपत्यकासहित देशभरको मौसम खराब भएको मौसम आज देखि क्रमिकरूपमा सुधार आउने भएको छ ।

पश्चिमी भू–मध्यसागरबाट उच्च वायुमण्डलमा न्यून चापीय क्षेत्र बनेर उत्पन्न भएको बादल तथा अरब सागरबाट उत्पन्न वायुको प्रभावका कारण मौसम बदली भई केही दिनयता उपत्यकासहित देशभर चिसो बढ्नुका साथै देशका विभिन्न स्थानमा हल्का वर्षा भएको थियो ।

उक्त वायु हिजो रातिसम्म हटेर आजबाट मौसममा सुधार आई सोमबारदेखि मौसममा पूर्ण सुधार आउने मौसमविद् राजु प्रधानाङ्गले वताउनु भएको छ ।
प्रधानाङ्गका अनुसार आज मुलुकका अधिकांश पहाडी भेगमा आंशिक बदली हुने र पश्चिमी हिमाली भेगमा हल्का हिमपात हुने सम्भावना रहेको छ ।

न्यून चापीय क्षेत्रको बादल सिरिया, इरान, अफगानिस्तान र भारतको जम्मु, काश्मिर तथा उत्तराखण्ड हुँदै नेपालको पश्चिमी भेगबाट अघि बढेपछि गत पुस १७ गते बिहीबारदेखि देशभर असर परेको थियो ।

आज काठमाडौँको न्यूनतम् तापक्रम ८.५ डिग्री सेल्सियस र अधिकतम् तापक्रम १७. ५ डिग्रिसेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।