धादिङवेशीमा ४० टन क्षमताको कोल्ड स्टोर बन्ने

602 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 धादिङ, – जिल्ला सदरमुृकाम र आसपासका क्षेत्रलाई लक्षित गरि नीलकण्ठ नगरपालिका वडा नं. ११ मा बधशाला सहितको ४० टन क्षमता भएको कोल्ड स्टोर निमार्ण हुने भएको छ 
कारोवार डेलि डट कम
ले खबर लेखको छ ।
cold stprageधादिङ ह्याचरी एण्ड पोल्ट्री प्रा.लिले सार्वजानिक सुनुवाई गर्दै वधशाला तथा कोल्ड स्टोर व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)सँग निमार्ण गरिने अध्यक्ष नवराज लम्सालले बताए ।
 प्याक्टको ४३ लाख ४२ हजार ९ सय एक्काईस र धादिङ ह्याचरी एण्ड पोल्ट्रीको ४७ लाख २१ हजार ९ सय बीस गरी ९० लाख ६४ हजार ८ सय एकचालिस रुपैयाँको लागतमा ४ रोपनी ४ आना जग्गामा निर्माण हुने अध्यक्ष लम्सालले बताए । २०७१ असार मसान्तमा निमार्ण सम्पन्न हुने कोल्ड स्टोरलाई धादिङ ह्याचरी एण्ड पोल्ट्रीको तर्फबाट लगानी गरिने रकम प्रभु विकास वैंक केन्द्रिय कार्यालयले प्रतिवद्धता पत्र दिईसकेको छ ।
जिल्ला भित्र वार्षिक कुखुराको मासु १८ हजार मेट्रिन खपत हुन्छ र ५ सय भन्दा बढी कुखुरा पाल्ने पोल्ट्री फर्मको संख्या २ सय ६४ वटा रहेको पशु सेवा कार्यालयका डाक्टर शिखा तिवारीले बताईन् । जिल्लामा खाजा तथा खाना विक्री गर्ने ३० सय भन्दा बढी होटल सञ्चालनमा रहेको र काठमाडौं नजिक रहेकाले कोल्ड स्टोरको मासु सहज रुपमा विक्री गर्न सकिने लगानी कर्ताहरुको विश्वास छ ।