अब जिल्लाबाटै २० दिनभित्र राहदानी

562 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

brtnepal_20141229070304_nepali passportकाठमाडौं, – अब जिल्ला–जिल्लाबाटै २० दिनभित्र एमआरपी अर्थात मेशिन रिडेवल पासर्पोट( राहदानी )पाईने भएको छ ।  परराष्ट्र, अर्थ र गृह मन्त्रालयले हरेक १५ दिनमा संकलित फाराम ल्याउने र तयार रहदानी दिने व्यवस्था अनिवार्य गर्दै सहकार्य गर्ने भएका हुन् ।

परराष्ट्र र गृहको समझदारीमा यसअघि पनि त्यसरी वितरण गर्ने भनिए पनि एमआरपी अर्थात मेशिन रिडेवल पासर्पोट( राहदानी ) पाउन ४५ दिनदेखि तीन महिनासम्म लाग्ने गरेको थियो ।

‘अब त्यस्तो हुनेछैन । एमआरपीहरू बेबसाइटमा हुन्छन्, बिग्रेकालाई एसएमएस जान्छ’ राहदानी विभागका ममहानिर्देशक लोकबहादुर थापाले भने ‘हरेक १५ दिनमा जिल्ला जिल्लाबाट आवेदन लिएर आउने र बनेका राहदानी लिएर जाने गरिनेछ । सार्वजनिक विदा परे पनि विभागले कार्यालय खुला राखेर राहदानी उपलब्ध गराउने र ल्याएको फाराम बुझ्नेछ ।नयाँ व्यवस्था लागु भएपछि लिनका लागि जिल्लामा आवेदन बुझाएकाहरुले महिनौं दिन सम्म पालो पर्खनु नपर्ने वताईएको छ ।