पृथ्वीजयन्तीको अवसरमा धादिङमा भजन र पञ्चैवाजा सहितको ¥याली

537 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

10620663_773689699387797_5523208811288540868_nधादिङ-पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा एकता दिवस धादिङमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ । दिवसको अवसर क्षेत्री समाज धादिङले ¥याली सहित कोण सभा सम्पन्न गरेको छ । पुछार बजारबाट पञ्जेबाज सहित सुरु भएको ¥याली धादिङबेसी बजार परिक्रमा गरी सिरान बजारमा पुगेर कोण सभामा परिणत भएको क्षेत्री समाज धादिङले जनाएको छ । ¥यालीमा क्षेत्री समाज धादिङका पदाधिकारीहरु, विभिन्न संघ–संस्थाका प्रतिनिधि लागयत स्थानीय बासिन्दाहरुको सभागीता रहेको थियो । ¥याली पश्चात पृथ्वीनारायण शाहको फोटोमा माल्यर्पण गरीएको थियो । बाइसे चौविसे राज्यलाई एकीकरण गरी सिंगो राष्ट्रको निर्माता शाहलाई एकताका प्रतिकको रुपमा लिने गरीन्छ । क्षेत्री समाज धादिङका जिल्ला अध्यक्ष लोकेन्द्रं बहादुर क्षेत्रीको अध्यक्षता र केन्द्रिय सदस्य प्रेम बहादुर पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा राजनिति दलका प्रमुख एंव प्रतिनिधि लगायत विभिन्न संघ–संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो । । २००७ सालपछि पुस २७ गतेलाई राष्ट्रिय एकता दिवस मनाईंदै आए पनि २०६२÷६३ को जनआन्दोलनपछि सरकारी स्तरबाट राष्ट्रिय एकता दिवसलाई खारेज गरिएको छ ।