बौलाहा स्यालले टोकेर पुरै गाउ“मा आतंक

930 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

wild-wolfधादिंङ–मैदी गाविसका तिनवटा वडामा बौलाहा स्यालले जथाभावी आक्रमण र टोक्न थाले पछि पुरै गाउं आतंकित भएकोछ । मैदी गाविसका वडानं ५ गैरीगाउ“ वडानं ६ चालिसे र वडानं ९ छापथोकका १४ जना स्थानीय वासी र दर्जनौं पशुवस्तु तथा कुकुर लाई स्यालले टोकेकोछ ।
‘गत ९ दिन अघि गैरीगाउंमा क्यारमवोर्ड खेल्न थालेका किशोर हरु लाई स्याल आएर अचानक आंैंलामा टोके पछि शुरु भएको स्याल आतंक आईतवार सम्म रोकिएको छैन । ’– स्थानीय युवा वमवहादुर सिंखडाले वताए ।
आधा दर्जन वौलाहा स्याल गाउंघरमै पसेर वाटोमा हिडन लागेका मान्छे, घर आंगनका कुकुर, किलोमा वांधेका र चर्न गएका गाई भैंसीलाई समेत बौलाहा स्यालले झम्टेर टोकेको छ ।
ग्ौरीगाउंमा साथीहरु संग क्यारमवोर्ड खेल्द गरेका १५ वर्षीय नवराज थापा लाई स्यालले आंैलामा टोके पछि आर्थिक अभावले उपचार गर्न गएनन् । सोही गाउंकै सोमकुमारी शाही लगायत र अन्य ३ जना आर्थिक अभावमा सदरमुकाममै आउन सकेनन् ।
स्यालले गैरीगाउंमा ३ जना, चालिसेमा २ जना र छापथोकमा ९ जना लाई टोकेर सख्त घाईते वनाएको थियो ।
मैदीका तिनवटा वडामा घुम्ने ६ वटा वौलाहा स्याल मध्उय यौटा स्याललाई पनि गैरीगाउंका युवाहरुले मारेका छन् ।
कम्मर देखि अनुहार सम्म टोकेका लाई जिल्ला अस्पताल धादिंङले औषधी अभावमा काठमाण्डौं पठाएको थियो । स्यालले ओठमा टोके पछि छापथोककी पार्वती सामरी लाई चिकित्सकले विरामीको तौल अनुसारको ईमियोग्लोविन भ्याक्सिन अनिवार्य लगाउनु पर्ने वताए पछि ५५ केजी तौल भएकी सामरीले विन्तीभाउ गरेर निजी अस्पतालमा ४६ हजार ५ सय रकम तिरेर यौटा भ्याक्सिन लगाईन् । वडानं ५ कै ४६ वर्षीय गोकर्ण प्रसाद जिसीले अनुहारमा स्यालले टोके वापत एण्टिरेविजको अलावा ३५ हजार तिरेर उक्त भ्याक्सिन लगाए । उनकै छिमेकीले पनि काठमाण्डौं पुगेर २० हजार तिरेर भ्याक्सिन लगाए । आर्थिक अभाव भएर उपचार गर्न नसक्नेहरु लाई राजधानी स्थित मैदी–काठमाण्डौं सम्पर्क मन्चले आर्थिक संकलन गरि राजधानी वोलाई उपचार गरेको थियो ।
गाउंघरमा रेविज फैलने डरले गैरीगाउंका वासिदाहरुले १६ वटा कुकुर मारि सकेका छन् भने अन्य २ गाउंमा १८ वटा कुकुर मारेका छन् ।
स्थानीयवासीहरुले कुकुर र स्याल नियन्त्रण गरि दिन निवेदन दिए पनि कुनै पशु सेवा कार्यालयवाट प्रतिकृया नभएको स्थानीयवासीहरुको गुनासो छ ।
‘स्याल मार्न लाई दिनभर प्रहरी परिचालन गरिएकोछ, प्रहरी मात्र्रैले वौलाहा स्याल नियन्त्रण गर्न संभव छैन’–प्रमुख जिल्ला अधिकारी वाशुदेव घिमिरेले वताए ।