नेपालीलाई दूध खुवाउन अमेरिकाबाट बाख्रा !

643 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

bakhaaraaकाठमाण्डौं-गाई र भैंसी पाल्न नसक्ने साना किसानलाई वितरण गर्न भन्दै सरकारले अमेरिकाबाट बोका र पाठी आयात गरेको छ । प्रत्येकको दुुईहजार डलर (दुुई लाख रुपैयाँ) तिरेर २० बोका र ३० पाठी भित्राइएको हो । तिनीहरुलाई १८ पुसमा नेपाल ल्याइएको नयाँ पत्रिकामा खबर छ । कृषि विकास मन्त्रालयका प्रवक्ता डा. उदय ठाकुरले अमेरिकाबाट एउटाको दुई हजार डलर तिरेर २० बोका र ३० पाठी आयात गरिएको र तिनीहरुलाई चिकित्सकको निगरानीमा खुमलटारस्थित कृषिद अनुसन्धान परिषद् (नार्क)मा राखिएको बताए । अमेरिकी बोका तथा पाठीलाई नेपालको हावापानीअनुसार हुर्कन सिकाउने उद्देश्यले चिकित्सकको निगरानीमा राखिएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ । मन्त्रालयका उपसचिव शंकर सापकोटाले नेपालको हावापानीअनुसार घुलमिल हुन थालेपछि र पाठीहरु प्रजननयोग्य भएपछि बोकाको संसर्गबाट प्रजनन गराइने जानकारी दिए । सापकोटाका अनुसार खोप लगाएर भए पनि तिनिहरुलाई नेपालको हावापानीमा घुलमिल हुने वातावरण सिर्जना गरिनेछ । –