नमुना बागेश्वरी क्याम्पसको संचालक समितीको अध्यक्षमा नेपाल

917 पटक पढिएको

२९ पुष २०७१, मंगलवार ०८:२० सम्पादक: धादिङ न्यूज

10933756_1048141998545328_4474789928707146938_nबैरेनी- धादिङको बैरेनी गाउँ विकास समिति वडा नम्बर ९ मा रहेको नमुना बागेश्वरी बहुमुखी क्याम्पसको प्रथम साधारण सभा सोमबार सम्पन्न भएको छ । साधारण सभाले  समाजसेबि तथा शिक्षाप्रेमी  जगन्नाथ नेपालको अध्यक्षतामा सर्ब सम्मतिमा नया संचालक समितिको गठन गरेको छ।  ११ सदस्यीय  समितिको सदस्यहरुमा डा. भाईराजा श्रेष्ठ, दिपक कार्की, सुवास खतिवडा,मोदनाथ खतिवडा, राधा पाण्डे, उत्तम रिमाल, ध्रुर्वराज खतिवडा, पुर्ण थापा, रामशरण खतिवडा र शिव रिमाल रहनु भएको छ । बैरेनी गाउँ विकास समितिमा क्याम्पस खुलेसँगै ग्रामिण भेगका विद्यार्थीहरुलाई निकै सहज भएको छ । क्याम्पस पढ्नको लागि काठमाण्डौं जानुपर्ने बाध्यता नमुना बागेश्वरी बहुमुुखी क्याम्पस खुलेसँगै   टरेको छ ।गाउँमै क्याम्पस खुलेपछि निम्न आर्थिक अवस्था भएकाहरुले घरमै वसेर उच्च शिक्षा हासिल गर्ने अवसर पाएका छन ।