तोर्लाङका चेपाङलाई खानेपानी

544 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

dharoमहादेवस्थान– बर्षौदेखी खानेपानीको चरम समस्या झेल्दै आएका धादिङ महादेवस्थान गाउँ विकास समिति  वडा नम्बर ५ तोर्लाङका चेपाङले  सहज रुपमा खानेपानी सुविधा पाएका छन् । लामो समयदेखी खानेपानीको समस्या झेल्दै आएका चेपाङ परिवारको घरघरमा धारा निर्माण भएपछी उनीहरु निकै खुसि भएका छन् । विभिन्न निकायसँग खानेपानीको हारगुहार गर्दा पनि  समस्या समाधान नहँुदा निराश भएका चेपाङ समुदाय अहिले गाउँमा खानेपानी पाएपछी निकै खुसि भएका छन् । एक गाग्री पानी लिनको लागि पनि एक विहान विताउनु पर्ने समस्या टरेको  छ ।  । शान्ती नेपालको ४५ हजार, ग्रेप नेपालको ३० हजार र स्थानिय जनश्रमदान गरि जम्मा ७५ हजारको लागतमा गाउँमा खानेपानी  योजनाको निर्माण गरीएको हो । खानेपानी योजना  सम्पन्न भएपछि २८ घर चेपाङ समुदाय प्रतक्ष्य लाभान्वित भएका छन् ।