धादिङमा तरुलको कारोबार बढ्यो

1519 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

ramkumarधादिङ- धादिङबेसीमा तरुल तथा सखरखण्डको व्यापार बढेको छ । माघे संक्रान्तिलाई लक्षित गर्दै धादिङबेसी ,मलेखु, चरौदी, आदमघाट, गल्छी, धार्के, महादेबेसी लगायतका बजारहरुमा तरुलहरुको व्यापार फस्टाएको छ । मानिसको जिवनमा उपयोगी औषधी र जाडोमा स्वास्थ्यलाई समेत फाईदा पुग्ने हुँदा यसको प्रयोग बढेको व्यापारीहरुले बताएका छन् । माघे संक्रान्तिलाई लक्षित गर्दै बजारमा यति बेला विभिन्न किसिमका तरुलहरु पाईने गरेको हो । संक्रान्तिमा तरुलहरुको विषेश महत्व रहने हुँदा पनि यति बेला बजारमा तरुलको व्यापार बढेको ब्यापारी गकुल वाग्लेले बताउनु भयो । अहिले धादिङबेसी बजारमा प्रति किलो ४० देखी ५० रुपँैया सम्ममा पाउने गरीएको छ । गाँउबाटै खनेर ल्याएको ताजा तरुलहरु धादिङबेसी चोकहरुमा बेच्न राखीएको छ । बजारमा घर तरुल, सिमलतरुल,स्कुसको जरालगायतका तरुलहरुले कारोबार फस्टाएको छ । पुस पकाएर माघ मा खाने माघे संक्रान्तिमा तरुलको व्यापार  विषेश हुनेगर्दछ ।घरका सबै परिवार एक ठाउँमा बसेर माघे संक्रान्ति मनाउने नेपाली प्रचलन गरेको छ ।