मापसे संस्कार कि बिकृति ?

817 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

‘ठाडो वोतल देख्नै हुन्न यो मुख रसाई हाल्छ ’रहर कि वाध्यता ?

raksiधादिङ–अहिले समय परिवर्तन हुंदै गएको छ । पहिलाको जस्तो नीति र चलन ले अहिलेका युवाहरुको चित्त बुझ्न सकेको छैन ।कुनै पनि पर्व तथा समारोह भयो भने सबैभन्दा अघि मादक पदार्थको माग हुने गर्दछ । पहिला पहिला कतिपय जात र समुदायका मान्छेहरुले रक्सिलाई घरभित्र राख्न त परै जावोस छुन पनि नहुने मान्यता राख्ने गरेकोमा अहिले त्यो मान्यता बदलिंदै जान थालेको छ ।
एकाध व्यक्ति वाहेक मादक पदार्थ सेवन नगर्ने व्यक्तिहरु भेट्नको लागि निकै मुस्किल पर्न थालेको छ । शहर वजारमा मात्रै होइन गाउँघरमा समेत पुजा पाठ र अन्य रमाईलो कार्यक्रममा मापसे अनिवार्य वन्न थालेको छ । मापसे सेवनका का लागि जुनसुकै वहानापनि सजिलो बन्ने गरेको छ । परम्परागत संस्कार र शैलीलाई चुनौती दिनेहरुको अहिले समाजमा संख्या बढ्दै गएको छ । गाउँका झुपडी देखी ठुला–ठुला महलहरुमा मापसे सामान्य बन्न थालेको छ । विश्वमा आएको परिवर्तनका कारण नयाँ नयाँ कुराको प्रयोगमा रम्न थालेका युवापुस्ता मात्रै होइन हिजो कठोर समय पार गरेर अघि बढेका पाका उमेरका व्यक्तिहरु पनि घरपरिवारमा सँगै बसेर मापसे गर्न थालेका छन ।
पहिला– पहिला लुकिछिपी खाईने रक्सी अहिले देखासिकीको कारण अनिवार्य जस्तै भएको छ । नेपाली मान्यताहरुलाई विर्सदै अहिलेका युवाहरु पश्चिमेली शैलीमा रम्न थालेका छन् । नेपालीहरुले आफ्नै मौलिकपन वोकेको दशै तिहार मा पनि मापसेलाई अनिवार्य वनाउन थालेका छन । त्यतिमात्रै होइन माघे संक्रान्तिमा घ्यु, चाकु, सख्खरखण्ड, पिँडालु खान छोडेर देशभित्रै तयार भएकोमात्रै नभई विदेशवाट आयात गरिएको महंगो रक्सीमा नेपालीहरु रमाउन थालेका छन ।
ग्रामीण भेगमा मात्रै होइन धादिङबेसीका पसलहरुमा पनि रक्सिजन्य वस्तुहरुको बढी बिक्री बितरण हुने गरेको व्यवसायीहरुको भनाई छ । प्रत्येक घरमा र गल्लिहरुमा विभिन्न किसिमका रक्सिहरु सजिलैसंग पाईने गरेको छ । रक्सि बितरणमा देखिएको खुल्लापन नियमन गर्ने निकाय भने मौन देखिन्छ । रक्सिको सेवन स्वास्थ्य र सामाजिक प्रतिष्ठाका लागि उपयोगी नभएपनि धेरैको चासो कुनै पनि वहानामा लुकिछिपी होस या खुलेआम रक्सि सेवन गर्ने चलन विस्तार हुंदै जांदा नेपाली समाजको परम्परागत शैली र संस्कार लोप वनाउने तत्वमा रक्सिनै मुख्य कारण नहोला भन्न सकिंदैन । जताततै रक्सिको प्रयोग बढ्दै गएर होला नेपाली लोक कलाकलाकारहरु पनि हिजो आज दुःख सुख र माया पिरतीका कुरालाई भन्दा गितमा रक्सिको बिषयमा गित गाउन र त्यसैमा लोकप्रियता कमाउन थालेका छन ।