प्रशासन तर्फ सहसचिवको लिखितमा ककस्को नाम निस्कियो

615 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- धादिङका स्थानीय विकास अधिकारी रुद्रसिंह तामाङ , पुर्व स्थानीय विकास अधिकारी इन्दु घिमिरे र रुपनारायण भट्टराई,शिक्षा मन्त्रालयमा कार्यरत धादिङका नारायणप्रसाद भट्टका साथै अन्य १७ जना नेपाल सरकारका उप सचिवहरु लोकसेवा आयोगवाट  सह सचिव पदका लागि लिईएको लिखित परीक्षामा उत्तीर्ण हुनुभएको छ ।लोक सेवा आयोगले सहसचिवको खुल्ला र आन्तरिक दुवै तर्फको लिखित परिक्षा को नतिजा सार्वजनिक गरेको छ । आयोगले प्रसाशन समूहतर्फ खुल्ला र आन्तरिक प्रतिस्पर्धा गरी १४ सहसचिव पदका लागि परीक्षा सञ्चालन गरेको थियो ।lok sewa aayogआयोगका अनुसार ९ पदका लागि आन्तरिक प्रतिस्पर्धा गराई सहसचिव पदपूर्ती गर्ने विज्ञापन गरेको थियो । आन्तरिक प्रतिस्पर्धामा एक सय २२ जना सहभागी भएकोमा १७ जना लिखितमा पास भएका छन् । प्रशासन सेवाको आन्तरिक प्रतिस्पर्धामा लिखित परीक्षा पास गर्नेहरुमा इन्दु घिमिरे,कमल प्रसाद भट्टराई,कालीप्रसाद पराजुली,कुमार प्रसाद पराजुली,जनकराज दाहाल,जीवनप्रकाश सिटौला,पिताम्बर घिमिरे,बलदेव प्रसाद जोशी,यमलाल भूसाल,रमेशकुमार केसी,राजेन्द्र कुमार पौडेल,रामचन्द्र ढकाल,रुद्रसिंह तामाङ,रुपनारायण भट्टराई,विनोद बहादुर कुँंवर,श्रीकृष्ण नेपाल र सुशील ढकाल रहेका छन् । आयोगले उनीहरुको अन्तरवार्ता माघ २६,२७ र २८ गते हुने जनाएको छ ।

आयोगले खुल्ला प्रतिस्पर्धाका आधारमा पाँंच सहसचिव पदपूर्ती गर्ने विज्ञापन गरेको थियो । खुल्लातर्फ एक मधेशी र एक पिछडिएको क्षेत्रका लागि आरक्षण गरिएको थियो । सबै गरी लिखित परीक्षामा सामेल छ सय ९० जना मध्ये खुल्ला तीन सिटका लागि ७ जना,मधेशी एक सीटका लागि चार जना र पछिडिएको क्षेत्रको एक सीटका लागि चार जना लिखित परीक्षामा उर्तीण भएका छन् ।  मधेशी एक सीटका लागि लिखित परीक्षामा उर्तीण हुनेहरुमा आभा श्रेष्ठ कर्ण,चक्रवर्ती कंठ,प्रदीपलाल कर्ण र नन्दकिशोर प्रसाद यादव रहेका छन् ।

त्यसैगरी पिछडिएको क्षेत्रका लागि आरक्षण गरिएको एक सीटका लागि लिखित परीक्षामा उर्तीण हुनेहरुमा चक्रबहादुर बुढा,जयनारायण आचार्य,नारायणप्रसाद रेग्मी र हिक्मत बहादुर भण्डारी रहेका छन् । यो क्षेत्रबाट उर्तीण हुने जयनारायण आचार्यले खुल्लातर्फ पनि नाम निकालेका छन् । खुल्ला तीन सीटका लागि लिखित परीक्षा उर्तीण गर्नेहरुमा इन्दु घिमिरे,उत्तरकुमार खत्री,डिलाराम पन्थी,नारायण खतिवडा,नारायणप्रसाद भट्ट र मुक्तीराम अर्याल रहेका छन् । गुल्मीकी इन्दु घिमिरे खुल्ला र आन्तरिक प्रतिस्पर्धा दुवैतर्फको लिखितमा सफल भएकी छिन् ।