आकाशमा नयाँ चिज देखिएपछि

773 पटक पढिएको

६ माघ २०७१, मंगलवार १२:२४ सम्पादक: धादिङ न्यूज

धादिङ,६ माघ – संधैभरी हवाईजहाज तथा अन्य हेलिकप्टर उड्दा कुनै प्रभाव नदेखिने नेपाली आकाशमा मंगलवार दिउंसो नेपाली आकाशमा नयां चिज देखा परेको छ ।
DSC_0966मध्यरातमा संविधान सभा भित्र भएको मुठभेड, विहानै देखि वन्दको नाममा देशैभरी देखिएका कृयाकलापले आम नागरिकमा अब के हुन्छ भन्ने त्रास फैलिरहेको बेला आकाशमा नयां चिज देखिएपछि जनजिवन त्रसित बनेको छ । मंगलवार दिउंसो ११ वजे तिर एक्कासी आकाशमा देखिएको मुस्लो काठमाण्डौं तर्फवाट प्लेन उड्ने दिशामा पश्चिम तर्फ गएको थियो । आकाशमा नयाँ चिज देखिएपछि सर्वसाधरणले विभिन्न अडकल गरेका छन भने , कतिपय सरकारी कर्मचारी संचारकर्मीसंग यस बिषयमा जानकारी लिन पुगेका छन । अनौठो किसिमको मुस्लो राजधानीवाट पुर्व तर्फ पर्ने सिन्धुपाल्चोक,काभ्रे लगायतका जिल्ला माथिको आकाशमा पनि देखिएको त्यहांका पत्रकारहरुले वताएका छन ।
एक बर्ष अघि पनि आकाशमा यस्तै नयाँ चिज देखिएको र सो बिषयमा समाचार आएपछि नागरिक उड्डयन प्राधिकरणले काठमाण्डौंवाट महेन्द्रनगर हुंदै दिल्ली उड्ने जेट प्लेनको भएको प्रतिकृया दिएकोले यस पटक पनि त्यहि जेट प्लेन उडेको हुन सक्ने कान्तिपुर दैनिकका उप सम्पादक हरीहरसिंह राठौरले वताएका छन ।