धादिङबेसी बजार सरसफाई चुनौती वन्दै

663 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

SAM_4003धादिङबेसी –पछिल्लो समय धादिङबेसी बजार फोहोर र अव्यस्थित वन्दै जान थालेको छ । बढ्दो शहरीकरण र मापदण्ड पुरा नगरी वनाईएका घरहरुका कारण बजार क्षेत्र फोहोर र अस्तव्यस्त बन्दै गएको हो । सदरमुकामको बजार दिनादिनु फोहोर र सांघुरो हुंदै जांदा पनि व्यवस्थापन गर्ने तर्फ कुनै पनि निकायको चासो देखिएको छैन ।
सदरमुकाम क्षेत्रमा अहिलेकै गतिमा घर र बस्तीहरु बढ्दै जाने हो भने अबको केहि बर्षमा बजार क्षेत्र निकै सांघुरो हुनुका साथै फोहोर मैलाका कारण निकै दुर्गन्धित बन्नेमा कुनै शंका छैन । बजार क्षेत्रको व्यवस्थापनको मुख्य जिम्मेवारी पाएको नगरपालिकाले समेत वजार सुधारकालागि ठोस निति वनाउन सकेको छैन । वजार क्षेत्रमा रहेका निजी तथा अन्य प्रयोजनका घर पसल, होटल,अस्पतालका साथै उद्योग धन्दाहरुबाट निस्केका फोहोरहरुको व्यावस्थापनमा चुनौति थपिंदै गएको छ ।
वजार व्यवस्थापनका लागि टोल पिच्छे टोल सुधार संस्था स्थापना भएपजि ति संस्थापनि सक्रिय बन्न सकेका छैनन । खानेपानी तथा सरसफाई मुल उपभोक्ता समितिले वजार क्षेत्रको फोहोर उठाएपनि धेरै जसो फोहोर वजारको छेछाउका खोला र खोल्चाहरुमा फ्याँक्ने कार्य अझै रोकिन सकेको छैन । धादिङबेसीका नालाहरु घरवाट निस्किएका विभिन्न किसिमका फोहोरले थुनिदा पानी सडक भएर बग्ने गरे पनि यस तर्फ सम्बन्धीत निकायले कुनै चासो दिन सकेको छैन । बजार सरसफाई गर्न स्थानीय संघ–संस्था तथा स्थानीय बासिन्दाहरु सक्रिय भएपनी यसले पनि त्यती उल्लेख्य काम गर्न सकेको छैन ।
पुछार बजारदेखी सिरान बजार सम्मको अवस्था हेर्ने हो भने झनै विकराल अवस्था रहेको छ । मापदण्ड विपरीत घरहरु निर्माण भईरहेदा पनि नगरपालीकाले कुनै कारबाही गर्न सकेको छैन । बजार सरसफाई गर्नको लागी सबैभन्दा पहिला स्थानीय बासिन्दाहरुमा चेतना हुन आवश्यकता रहेको छ । साथै धादिङबेसी बजार क्षेत्रभित्र पर्ने थोपल खोला र आंसि खोला फोहोरको कारण दिनानुदिन प्रदुषणको चपेटामा पर्दै गईरहेको छ ।