माटाे मुनि गाडेर लुकाएकाे १० लाख १५ हजार धमिराले खाएपछि…

661 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

खाडल र घरका खोपीमा भेटिए गन्नै नसकिने नोटका बन्डल
pandeधादिङ- महानगरीय प्रहरी अपराध महाशाखाले धादिङको सलाङ गाविसमा रहेको प्रवीण पाण्डे र प्रदीप पाण्डेको घरको खोपी र बारीमा खाडल खनेर राखेको गन्नै नसकिने नोटका बन्डलहरु फेला पारेको छ। प्लाष्टिकका झोला भरी अटाएको नोटका टुक्रा काम नलाग्ने छन्।
त्यस्तै प्रहरीले काठमाडौं गोंगबुमा रहेको उनीहरुको डेराबाट धमिराले खाएको १० लाख १५ हजार ५ सय पनि बरामद गरेको छ।
टुरिजम डेभलभमेन्ट बैंक लिमिटेडको मेगा बैकमा रहेको खाता नं. ००१००६०३५८३८६ बाट २०७० माघ १२ गते मेगा बैंकको न्यूरोड शाखाबाट नौ लाख ९० हजार रुपैयाँ र १३ गते राष्ट्रिय वाणिज्य बैंक भोटाहिटी शाखाबाट दुई करोड रुपैयाँ चेक क्लियरिङको माध्यमबाट गरी दुई करोड नौ लाख ९० हजार ठगी गरेको रकम मध्ये उनीहरुले ६७ लाख रकम बैंकमा राखेका थिए। अरु घर र बारीमा खाडल खनेर लुकाएर राखेको रकम धमिराले खाएका हुन्।
उनीहरुलाई धादिङ स्थित मेगा बैंकका तत्कालीन मेनेजर राजेन्द्र पाण्डे र कान्तिपथको मेगा बैंकका म्यानेजर शम्भु बहादुर थापाले साथ दिएका बुझिएको छ। मुख्य आरोपी राजेन्द्र पाण्डे भने हाल क्यानडामा छन्। घटनामा संलग्न ३ जना पक्राउ परेपछि धमिराले खाएको लाखौं रुपैयाँ फेला पारेको महानगरीय प्रहरी अपराध महाशाखा एसएसपी पुष्कर कार्कीले जानकारी दिए  ।
उनीहरुले बैंकमा खाता खोलेका सर्वसाधारणको नागरिकताको फोटोकपी र खाता नम्बर दुरुपयोग गरी विभिन्न मितिमा रकम  निकालेको प्रहरीको भनाइ छ। प्रहरीले  घटनामा मेगा र टुरिजम बैंकको लापरवाही रहेको अनुसन्धानमा देखिएको बताएको छ।