मैलुङ–रसुवागढी सडक निर्माण सुरु

470 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

तिप्लिङ–सडक सञ्जालले नछोएको उत्तरी धादिङका पांच गाविसमा सडक विस्तार गर्न छोटो दुरी पर्ने रसुवाको रसुवागढी मैलुङ सडक खण्डको  निर्माण शुरु भएको छ ।  रसुवाको मैलुङ स्याप्रूवेशी रसुवागढी सडक खण्डको शुक्रबार अर्थ मन्त्री डाक्टर रामशरण महतले उद्घाटन गरे ।

rasuwaaचीन, नेपाल र भारत गरी त्रिदेशीय मार्गको रुपमा विस्तार गर्न लागिएको सडकलाई सरकारले प्रथामिकतामा दिएको अर्थमन्त्री महतले बताइ । नेपाली सेनाले निर्माणको जिम्मा लिएको मैलुङ स्याप्रूवेशी रसुवागडी सडक खण्डको निमार्ण कार्य अबको दुई वर्ष भित्र पूरा गर्ने लक्ष्य राखिएको छ ।

नुवाकोटर रसुवाको संगमस्थल बेत्रावती देखि स्यापिू्रवेसीसम्मको ३२ किलोमिटर दुरीको सडक दुई लेनमा निर्माण गरिने नेपाली सेनाका इन्जिनियर सहायक सेनानी विनोद भट्टले जानकारी दिए ।

चीनसँगको व्यापारिक नाकाको रुपमा सिन्धुपाल्चोकको तातोपानी मात्र रहेको समयमा सडक विस्तारसगै केरुङ नाकालाई व्यापारिक नाकाको रुपमा विस्तार गर्ने सरकारको तयारी रहेको छ ।धादिङ जिल्लाको सवैभन्दा विकटमा रहेको तिप्लिङ गाविसको सोमदाङ संग सिमाना जोडिएको मैलुङ सम्म कच्चि सडकको सञ्जाल जोडिएको भएपनि अव वन्ने सडकले धादिङ जिल्लालाई समेत फाईदा हुने छ ।