सहिद सप्ताह सुरु, शास्त्रीको सम्झनामा श्रद्धाञ्जलि सभा 

575 पटक पढिएको

सम्पादक: Dhading News

देशको राजनीतिक स्वतन्त्रताका लागि आफूलाई बलिदान दिने अमर सहिदहरुको सम्झनामा शनिबारदेखि सहिद सप्ताह सुरु गरिएको छ । काठमाडौं महानगरपालिकाले सहिद सप्ताहको पहिलो दिन सहिद शुक्रराज शास्त्रीको सम्झनामा श्रद्धाञ्जलि सभा गरेको छ ।

सहिद शास्त्रीले अमरत्व प्राप्त गरेको स्थान काठमाडौंको टेकु पचलीमा शनिबार बिहान आयोजित कार्यक्रममा महानगरपालिकाका कर्मचारी, स्थानीयवासी, राजनीतिज्ञलगायतले सहिद शास्त्रीको योगदानलाई उच्च मूल्याङ्कन गर्नुपर्नेमा जोड दिएका थिए ।

विभिन्न राजनीतिक गतिविधि सञ्चालन गरी जनताको अधिकारका लागि सक्रिय रहेको अभियोगमा विसं १९९७ माघ १० गते शास्त्रीलाई तत्कालीन जहानिया राणा शासकले सोही स्थानमा मृत्युदण्ड दिएका थिए ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत धनबहादुर श्रेष्ठलगायतले शास्त्रीको तस्बिरमा पुष्पगुच्छा चढाएर श्रद्धाञ्जलि दिएका छन् ।