छुवाछुत विरुद्धको अभियान धादिङमा तिव्र बनाईने

651 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

dalit
छुवाछुत विरुद्धको अभियानलाई धादिङमा तिव्र बनाईने भएको छ । अझैपनि हाम्रो समाजमा जातिय छुवाछुत विद्यमान रहेको भन्दै दलित अगुवाहरुले जिल्लामा छुवाछुत विरुद्धको अभियानलाई तिव्र रुपमा अगाडि बढाउने निर्णय गरेका हुन् । दलित सेवा संघ जिल्ला शाखा धादिङको आठौँ वार्षिक साधारण सभामा बोल्दै दलित अगुवाहरुले आफ्नो हक अधिकार लिनको लागि सबैलाई सचेत हुन आग्रह गर्नुभयो । सामाजीक स्वतन्त्रताका लागि अभियान भन्ने नारा सहित दलित सेवा संघ जिल्ला शाखा धादिङको आठौँ वार्षिक साधारण सभा धादिङबेसीमा सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष श्याम बहादुर मग्रातीले ८ लाख बरारबको आयव्यव विवरण प्रस्तुत गर्नुभयो । संस्थाका अध्यक्ष श्याम बहादुर मग्रातीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष गोपाल विश्वकर्मा, कानुनी सल्लाहाकार टंक कुमार श्रेष्ठ लगायत विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।