खाल्टेमा एक परिवारको सबै सदस्य दृष्टिविहिन

476 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

एकै परिवारका सबै सदस्य दृष्टिविहीन भएपछि कमाएर खुवाउने आमा बाबुलाई निकै समस्या भएको छ । धादिङको खाल्टे गाउँ विकास समितिका एक परिवारका सबै सन्तान दृष्टिविहीन भएपछि उनीहरुको परिवारलाई निकै समस्या पर्दै आईरहेको छ । परिवारका सबै सदस्य दृष्टिविहीन भएपछि आफूहरु बिचल्लीमा परेको खाल्टे गाविसको डाँडागाउँका विनोद ग्यामी मगरले बताउनु भयो ।सामान्य परिवारका ३५ वर्षीय विनोद मगरका तीनजना बालबच्चा सबै दृष्टिविहीन छन् । १५ वर्षीया छोरी बिना, १४ र १२ वर्षका छोरा रोशन र सुजन सबै दृष्टिविहीन हुन् भने बिना मगर र रोशन त बोल्न पनि सक्दैनन् ।

तीनवटै सन्तानको यस्तो अवस्था भएपछि कमजोर आर्थिक स्थिति भएको मगर परिवारले सहयोगका लागि अनुरोध गरेको छ । सामान्य होटल चलाएर जीविका चलाउँदै आएका मगर परिवारलाई अहिले आफ्नो बालबच्चाको भविष्यको चिन्ताले सताइरहेको छ ।आफ्नो हात खुट्टा चलुन्जेलसम्म त लालनपालन गरौँला तर आफूहरुले काम गर्न नसक्दा के गर्ने होला भन्ने चिन्ताले सताइरहेको मगर दम्पतीले गुनासो गर्नुभयो ।
यसैगरी, कल्लेरी गाउँ विकास समितिका राम लक्ष्मण रेग्मी परिवारको अवस्था पनि उस्तै छ । एकै घरका चारजना सदस्य दृष्टिविहीन छन् भने दुईजना शारीरिक रुपमा अपाङ्गसमेत रहेका छन् । दृष्टिविहीन मध्येका एक जना भने धादिङको महादेबेसीमा रहेको एक स्कुलमा छात्रावास सहित पढीरहेका छन् ।