राजमार्गमा बेच्न राखिएको केरामा विषादी प्रयोग

548 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

banananaधादिङ–धादिङको पृथ्वीराजमार्ग र राजमार्ग आसपासमा बेच्न राखीएको केरामा मानव स्वास्थलाई असर गर्ने विषादी प्रयोग गर्ने गरेको पाईएको छ । छोटो समयमा धेरै नाफा कमाउने उद्देश्यले व्यापारीले र चाँडो चाँडो उत्पादन गराउन किसानले केरामा अधिक विषादीको प्रयोग गर्न थालेका छन् । विज्ञका अनुसार केरालाई चाँडो पकाउनको लागि व्यापारी तथा किसानहरुले कार्बाईड हाल्ने गरेका छन् । यसले एकै दिन केरा पकाउँछ । तर भोलिपल्टदेखि केराको बोक्रो कालो भएर सड्न थाल्छ । स्वाद गुलियोभन्दा टर्रो हुन्छ । केरा पकाउन र फलाउन पनि विशेषज्ञको रायबिना विषादी हाल्ने क्रम बढ्नुले केराको गुणस्तर खस्किएको र उपभोक्ताको स्वास्थ्यमा समेत प्रतिकुल असर पर्न गरेको छ । विषेश त नेपालीहरुको महान चाड तथा केराको प्रयोग हुने चाडाबाडमा विषादीको प्रयोग बढी हुने गरेको छ । पृथ्वीराजमार्गमा राखीएको केराहरु धादिङकै उत्पादन भन्दा पनि छिमेकी जिल्ला चितवनबाट ल्याइने गरेको छ । विषादी हालेको केरा खादा वाकवाकी लाग्ने, वान्ता हुने, रिंगटा लाग्ने र शरीरका भित्री अंगमा समेत असर पुग्ने चिकित्सकहरुले बताएका छन् । मानव स्वास्थ्यलाई प्रतिकुल असर पर्ने विषादी हालेका केरा शहर बजारमा प्रशस्त पाईने भएपनि नियमन निकायले भने अहिले सम्म कुनै चासो देखाएको छैन ।