यसरी लेखिन्थ्यो बांसको कलमले
746 पटक पढिएको

धादिङ-धादिङ जिल्लाका पुराना शिक्षक कृष्णप्रसाद दहाल ५० बर्ष अघि हुने खानेले लेख्नको लागि प्रयोग गर्नेे गरेको बांसको कलमले अक्षर लेखेर देखाउंदै । घरमै तयार पारिने बांसको कलम अहिले देख्न पनि मुस्किल भएको दहालको भनाई छ ।घरमै वनाएको मसिमा चोपेर बांसको कलमले लेख्दा त्ति बेला निकै सम्पन्न परिवारको सदस्यमा चिनिने गरेको दहालले वताउनु भयो । अशिलेका पुस्ताले लेख पढ गर्न पहिलेको जस्तो दुःख गर्नु नपरेको र पढाई लेखाईका लागि नयाँ नयाँ प्रविधिको विकास हुंदै गएकाले शिक्षामा धेरैको पहुंच बढ्दै गएको उहाँको भनाई छ ।