बलात्कार आरोपी गिरफ्तार
1069 पटक पढिएको

धादिङबेसी- खाल्टे गाविसकी एक २५ वर्षीया युवतीलाई बलात्कारको आरोपमा खाल्टे गाविस–८ धुसेनीका ३० वर्षीय सागर गुरुङलाई माघ १५ गते विहीवार प्रहरीले पक्राउ गरेको छ ।
माइती घरमा बसेकी अपाङ्ग अवस्थाकी युवतीलाई माघ १ गते राति घरभित्र पसी गुरुङले बलात्कार गरेको पीडितले प्रहरीमा दिएको जाहेरीमा उल्लेख गरिएको छ । सदरमुकाम धादिङबेसी र इलाका प्रहरी कार्यालय सुनौलावजारवाट खटिएको प्रहरीले टोलीले आरोपित गुुरुङलाई नियन्त्रणमा लिएको थियो ।