भारतले दिने १ खर्बमध्ये ५० अर्ब बूढीगण्डकीमा

1062 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

budhi gandakiधादिङ – धादिङ र गोरखाको सिमानामा निर्माण हुन लागेको जलाशय युक्त जलविद्युत आयोजनामा भारत बाट प्राप्त भएको रकम मध्ये ५० अर्ब बुढीगण्डकीमा लगानी हुने भएको छ  ।  भारतले ‘लाइन अफ क्रेडिट’मार्फत नेपाललाई दिन लागेको करिब १ खर्ब रुपैयाँ ९१ अर्ब अमेरिकी डलर० सहुलियत ऋणमध्ये आधा रकम बूढीगण्डकी जलविद्युत् आयोजनामा लगानी हुने भएको छ । १२ सय मेगावाट क्षमता रहेको यो जलाशययुक्त आयोजना हो ।

नेपाल र भारतीय निर्यात–आयात ९एक्जिम० बैंकका अधिकारीबीच भएको बैठकले बूढीगण्डकीलाई छनोट गरी यसमा ५० अर्ब रुपैयाँ लगानी गर्ने निर्णय गरेको हो । यसमध्ये सडकमा ३० अर्ब र सिँचाइमा २० अर्ब रुपैयाँ लगानी हुने अर्थ मन्त्रालयअन्तर्गत अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख मधुकुमार मरासिनीले जानकारी दिए । उनका अनुसार परियोजना छनोट भइसकेकाले छिट्टै काम सुरु हुनेछ । सडक र सिँचाइका २ दर्जन आयोजना छनोट भएका छन् । बैठकले राहुघाट आयोजनामा देखिएको समस्या सुल्झाउने निर्णय पनि गरेको उनले बताए । बैठकले नेपालद्वारा प्रस्तावित लगानी कार्यविधिसमेत पारित गरेको छ ।
भारतले नेपाललाई १ प्रतिशत ब्याजमा १ सय अर्ब रुपैयाँ कर्जा दिँदैछ । यसअघि ‘लाइन अफ क्रेडिट’मार्फत भारतले नेपाललाई ३५ अर्ब रुपैयाँ ९३५ करोड डलर० १।७५ प्रतिशत ब्याजमा कर्जा दिएको थियो । यसअघिका सडक आयोजनाको कार्यक्रम पनि स्वीकृत भएको जानकारी मरासिनीले दिए ।
करिब ५० अर्ब रुपैयाँ लगानी जुटेकाले बूढीगण्डकीको काम अघि बढाउन बूढीगण्डकी जलविद्युत् आयोजना विकास समितिलाई बाटो खुला भएको छ । फ्रान्सको ट्र्याक्टवेल इन्जिनियरिङले तयार गरेको आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन ९डीपीआर०ले आयोजना बनाउन २ खर्ब ४९ अर्ब ५५ करोड रुपैयाँ लाग्ने देखाएको छ । त्यस्तै, आयोजनाबाट वार्षिक ३ अर्ब ३८ करोड ३० लाख युनिट उत्पादन हुने परामर्शदाताको अध्ययनले देखाएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साउनको तेस्रो साता नेपाल भ्रमणका बेला १ अर्ब डलर सहुलियत ऋण दिने घोषणा गरेका थिए । त्यसपछि मंसिरको दोस्रो साता राजधानीमा सम्पन्न सार्क सम्मेलनका बेला नेपाल र एक्जिम बैंकबीच कर्जा सम्झौता भएको थियो ।
आयोजनाको विद्युत् उत्पादन लागत प्रतियुनिट साढे ७ रुपैयाँ ९७।५४ सेन्ट डलर० पर्ने ट्र्याक्टवेलको सम्भाव्यता अध्ययनले देखाएको छ । उसले आयोजनाको क्षमता बढाएर १२ सय मेगावाटसम्म बनाउन सकिने र २ सय मेगावाटका ६ वटा टर्बाइन राख्नुपर्ने सुझाएको छ । मंसिरदेखि वैशाखसम्म ५ महिना आयोजनाबाट १ अर्ब ४० करोड युनिट बिजुली उत्पादन हुनेछ । आयोजना ०७९ मा सम्पन्न गर्ने लक्ष्य छ ।
बाँधभित्र भूमिगत विद्युत्गृह बनाई बिजुली उत्पादन हुने भएकाले सुरुङ बनाउनु पर्दैन । यो आयोजना धादिङको सलाङघाट र गोरखाको घयालचोकमा पर्छ । बाँधको उचाइ २६३ मिटर हुनेछ । जलाशयले गोरखा र धादिङका २३ गाविस प्रभावित हुने देखिएको छ । जलाशययुक्त आयोजना भएकाले यसबाट प्रभावित स्थानीयलाई पुनस्र्थापना गर्ने ठूलो चुनौती हो । बूढीगण्डकी बनेपछि देश लोडसेडिङमुक्त हुनेछ ।
परामर्शदाताले आयोजनाको विस्तृत अध्ययन सम्पन्न गर्नुका साथै आयोजनालाई निर्माणको चरणमा पु¥याउन बोपलत्रसमेत तयार गर्ने जिम्मेवारी पाएको छ । यो आयोजना विश्वका ठूला र अग्ला बाँध भएका ३६ आयोजनाभित्र पर्छ । नदीको ५० किलोमिटर माथिसम्म ताल बन्नेछ ।