धादिङका गाउँमा विरामी बोक्ने स्ट्रेचर अभाव

601 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

nnnnnnnnnnnnnnnnnnnnnnnnnnधादिङ-जिल्लाका स्वास्थ्य संस्थामा दरबन्दीअनुसार स्वास्थ्यकर्मी अभाव रहेको आवज उठिरहे पनि दुरदराजका गाउँमा भने विरामी बोक्ने स्ट्रेचरको समेत अभाव छ । प्रत्येक गाउँ विकास समितिमा स्वास्थ्य संस्था भए पनि त्यहाँसम्म विरामी पु¥याउन आवश्यक स्ट्रेचर नहुँदा डोको र पिठ्युँमा बिरामी बोक्नुपर्ने बाध्यता छ । जिल्ला स्वास्थ्य कार्यलय धादिङले सीमीत स्ट्रेचर उपलब्ध गराउने र भौगोलिक दुरीका कारण बिरामीको अनुपातमा संख्या कमै हुने गरेको कारण जनताहरुले समस्या झेल्नुपरेको छ । जिल्लाको विकट गाउँ विकास समितिहरु झार्लाङ, तिप्लिङ, सेर्तुङ र रि गाउँ विकास समितिमा आवश्यक स्वास्थ्य सेवा र दक्ष जनशक्ति त परै जाओस, बिरामी बोक्ने साधनसमेत नहुँदा स्थानीयले निकै सास्ती खेप्नुपरेको छ । उत्तरी धादिङका स्थानीयहरु विरामी हुँदा कष्टपुर्ण यात्रा गरेर जिल्ला सदरमुकाम धादिङबेसी आउनु पर्ने अवस्था रहेको छ । बिरामी हुँदा ३÷४ दिन लगाएर उपचार गराउन आउनुपर्ने समस्याको कारण धेरै बिरामीले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेको छ । हुने खानेले त हेलिकोप्टर चार्टर गरेर उपचारको लागि काठमाण्ठौ लैजाने गरेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयबाट वडा र टोलका लागि वितरण नहुने गरेकाले पनि दुरदराजका गाउँमा अभाव भएको हो । कुनै कुनै ठाउँमा भने गाविस लगायत अन्य स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थाहरुले पनि उपलब्ध गराउने गरेको भएपनि गाउँटोलमा बिरामी बोक्न समस्या रहेको स्थानीले बताएका छन् ।