स्वास्थ्य शिविर उद्घाटन गर्न बन मन्त्री आचार्य किन आए धादिङमा ?

477 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC_0217
उत्तरी धादिङको त्रिपुरेश्वमा शुक्रबारदेखी सुरु भएको स्वास्थ्य शिविरको उद्घाटन नेपाली काँग्रेसका नेता तथा बन मन्त्री महेश आचार्यले गर्नुभएको छ । संविधान सभाको बैठक अनिश्चित कालको लागि स्थगित भएपछि र संविधान निर्माण कार्य प्रक्रियामा गएपछि अहिले दलका नेताहरुलाई फुर्सद भएको छ । विपक्षले आन्दोलनको कार्यक्रम घोषणा गरेपछि सत्तापक्ष कार्यकर्तालाई आफ्नो मुद्वा बारे बुझाउन र कार्यकर्तालाई खुसि पार्नको लागि नेताहरु अहिले कार्यकर्ता माझ आउन थालेका छन् । काँग्रेस तथा एमालेको संसदीय दलको बैठकमा समेत पार्टीका शिर्ष नेताहरुले जिल्ला जानको लागि सभाषदहरुलाई आह्वान गरेका थियो । नेत्रावती सामुदायिक बहुमुखी क्याम्पसको प्राङ्गणमा शुक्रबारदेखी शुरु भएको शिविर शनिवार सम्म सन्चालन हुने आयोजकले जनाएको छ । वि.पि. मेमोरियल हेल्थ फाउण्डेशन काठमाण्डौं, विपि चिन्तन प्रतिष्ठान काठमाण्डौंको आयोजना र नेत्रावती सामुदायिक बहुमुखी क्याम्पसको व्यवस्थापनमा शिविर संचालन गरिएको हो । शिविरको लागि पेनिसिया हर्वल कम्पनी प्राली र ग्लोवल मेडिकल फाउण्डेशनले विशेष सहयोग गरेको आयोजकहरुले जानकारी दिएको छ । शिविरमा छाला रोग, स्त्री रोग, नाक कान घाटीका विरामीहरुको निशुल्क स्वास्थ्य जाँच गरिने शिविरका संयोजक ध्रुव पाण्डेले जानकारी दिनुभयो । शिविरको पहिलो दिन शुक्रबार ३ सय जनाले स्वास्थ्य जाँच गराएका छन् ।