धादिङमा मगर संघका संस्थापक अध्यक्ष सूर्यवहादुर रहेनन

518 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

magar sanghधादिङ–नेपाल मगर संघ धादिङका संस्थापक अध्यक्ष सूर्यवहादुर रानामगरको ९१ बर्षको उमेरमा निधन भएको छ । धादिङको खरी गाविस वडा नम्बर ६ घर भएका रानामगरको उपचारको क्रममा काठमाण्डौंको छाउनी स्थित विरेन्द्र सैनिक अस्पतालमा विहीवार निधन भएको नेपाल मगर संघ धादिङका एकवहादुर रानाले जानकारी दिनु भयो । मगरको सक्रियतामा २०३९ सालमा नेपाल मगर संघ धादिङको गठन गरिएको थियो । मगर २०४३ सालमा धादिङवाट राष्ट्रिय पञ्चायतको सदस्य पदमा पनि चुनाव लडेका थिए ।
स्वर्गिय रानामगरका २ श्रीमती, २ छोरा रहेकोमा जेठो छोराको यस अघिनै निधन भईसकेको छ भने कान्छो छोरा रोजगारीको सिलसिलामा हाल अष्ट्रेलियमा रहेका छन । संघका संस्थापक अध्यक्षको निधन प्रति नेपाल मगर संघ धादिङको माघ १७ गते शनिवार वसेको बैठले दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको संघका केन्द्रिय सदस्य हरी पाटा मगरले जानकारी दिनु भयो ।