दार्खामा गरीबी निवारणका लागि खानेपानी र सिंचाई आयोजना

2709 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

paniko dharoदार्खा– बर्षौ देखि खानेपानीको समस्या झेल्दै आईरहेका दार्खा गाविसको वडा नम्बर ४ का वासिन्दाको सहयोगका  लागि खानेपानी योजना संचालन हुने भएको छ ।
गरीवि निवारण कोषको सहयोगमा चन्द्रज्योती एकीकृत ग्रामीण विकास समाज सिर्डस धादिङले संचालन गरिरहेको गरीबी निवारण कार्यक्रम अन्र्तगत खानेपानी योजना संचालन गर्न लागिएको हो । गरीबी निवारण कोषको १३ लाख ९७ हजार र समुदायको ३ लाख २८ हजार समेत गरी कुल १७ लाख २५ हजारको लागतमा तेल्चेत योजना निर्माण गर्न लागिएको हो ।
खानेपानी योजना निर्माण समितिका अध्यक्ष सार्की लामा तामाङका अनुसार आगामी चैत मसान्त भित्र निर्माण कार्य सम्पन्न गरीसक्नु पर्ने योजनाबाट  गरीबी निवारण कार्यक्रम अन्र्तगत गठन भएका चार वटा सामुदायिक संस्थाका १ सय ५० घर परिवार लाभान्वित हुने छन । खानेपानी योजना सम्पन्न भएपछि कोछोक्सोङ,मानुबादुङ,बोस्योरादेवी र ल्हसो सामुदायिक संस्थाका सदस्य रहेका समुदाय लाभान्वित हुने छन । यसैगरी गरीबी निवारण कोषको सहयोगमा दार्खा गाविस २मा सानीतार्ची लघु सिंचाई आयोजना पनि संचालन गरिने भएको छ ।
स्थानीय निमलचेत र कोलजङ्ग सामुदायिक संस्थाका सदस्यहरु रहेका स्थानीयवासी लाभान्वित हुने सिंचाई योजनाका लागि गरीबी निवारण कोष १३ लाख ५८ हजार  र समुदायको समेत गरी कुल १७ लाख ५८ हजार खर्च हुने आयोजना निर्माण समितिका अध्यक्ष खसाङ तामाङले वताउनु भयो ।