धादिङमा अदुवाको भाउ नआउँदा किसानहरु निराश

1541 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

adhuwaधादिङ–गएको वर्षको तुलनामा यसवर्ष अदुवाको भाउ नआएपछि अदुवा धादिङका अदुवा कृषकहरु निराश भएका छन् । अघिल्लो वर्ष प्रतिकिलो १ सय ५० रुपै सम्म पुगेको भए पनी यसवर्ष बजारमा ४०÷५० रुपैँया अदुवा भएपछि किसानहरुलाई समस्या परेको । कम मूल्यकै कारण जिल्लामा अदुवाको कारोबार पनि कम भएको छ । नगदे बालीको रुपमा धादिङका छत्रेदेउराली, केवलपुर, गोगनपानी, भुमेस्थान, पिंडा,किरान्चोक लगायत विभिन्न गाँउ विकास समितिमा अदुवा खेती गरिदै आएको छ अदुवा बाली भित्र्याउने क्रममा पानी परेकाले आवश्यकता भन्दा बढि चिस्यान हुदा अनुगमनका क्रममा कालो दाग देखिएपछि बिदेश निर्यातमा कमी आएकाले पनी अदुवाको भाउ कम भएको बताइएको छ । धादिङको धार्के बजार, गल्छि बजार, चराँैदी बजारमा यसबर्ष भारतबाट आउने व्यापारी पनि आएका छैनन् । अदुवा सस्तो भएसँगै व्यापारी पनि नआएको किरान्चोकका सिता न्यौपानले बताउनु भयो । अदुवाको भाउ राम्रो हँुदा कृषकहरुलाई एक लाख देखी ९ लाख सम्म लिने गरेका थिए । तर यसबर्ष अदुवाको भाउ कम भएपछि किसानहरु निराश हुनुको साथै आफुले दुख गरेर उत्पादन गरेको अदुवा सस्तो मुल्यमा बेच्नुपर्दा चिन्तित समेत बनेका छन् ।