विषादी न्युनीकरणको लागि एक दिने कार्यशाला गोष्ठि सम्पन्न

905 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

nnnnnnnnnnnnnnnnधादिङ– बढ्दो विषादी प्रयोगलाइ न्यूनिकरण गर्ने उद्देश्यले  धादिङबेसीमा विषादी विक्रेता अन्र्तक्रिया गोष्ठि सम्पन्न भएको छ । किसानलाइ विषादी प्रयोगको बारेमा सचेतना पु¥याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जिल्ला कृषि विकास कार्यलय धादिङले जनाएको छ । किसानहरुले थारै समयमा उत्पादन लिने उद्देश्यले अहिले बजारमा आएका विभिन्न विषादी हरु जथाभावि ढङगबाट प्रयोग गर्दै आईरहेका छन् । बर्तमान समयमा विषादीको प्रयोगले किसानका साथै उपभोक्तालाई क्यान्सर जस्ता जटिल रोग लाग्ने क्रम बढीरहेको छ । जिल्ला कृषि विकास कार्यालय धादिकोे ०७१÷०७२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमा जिल्ला कृषि विकास कार्यालय धादिङका बाली संरक्षण अधिकृत माधव भट्टले विषादी के हो कस्तो विषादि कुन अवस्थामा प्रयोग गर्ने, विषादीले पार्ने पर्यावरणीय असर, जिल्लामा विषादि प्रयोगको अवस्था, विषादिको सुरक्षित प्रयोग, नेपालमा प्रतिबन्धित विषादीहरु, अत्यन्तै खतरनाक विषादीहरु, विषादि विक्रेताले ध्यान दिनुपर्ने कुराहरुको बारेमा जानकारी गराउनु भएको थियो । सहभागिहरुले किसानहरुलाई पनि विषादी प्रयोगको बारेमा सचेतना गराउनुपर्ने, कृषि पेशालाई सम्मानति पेशा बनाउनु पर्ने, सहकारीहबाट वितरण हुने औषधीको अनुगमन हुनेपर्ने जस्ता गुनासो व्यक्त गरेका थिए । कार्यक्रमकै अवसरमा जिल्ला कृषि विकास कार्यालय धादिङका वरिष्ट कृषि विकास अधिकृत महेन्द्रराज कौडालले विषादीसम्बन्धि कार्यक्रम आगामी दिनमा क्षेत्रीय स्तर, गाउँ गाउँमा किसान समक्ष पु¥याउने र विषादी विक्रि गर्दा र अन्य कार्य गर्दा पोशाक परिवर्तन गर्न विषादी विक्रेतालाइ आग्रह समेत गर्नुभयो । कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय धादिङका बागबानी विकास अधिकृत केशव प्रसाद घिमिरे, नीलकण्ठ नगरपालिका, बेनीघाट, नौविसे, नलाङ र गजुरी गाविस का एग्रोभेटका विषादी विक्रेताहरुको उपस्थिति रहेको थियो ।