सार्वजनिक यातायातको भाडा घटाउने तयारी

478 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

nepal_newsbus-600x401काठमाडौँ, –पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्य निरन्तर घटेपछि सरकारले सार्वजनिक यातायातको भाडा घटाउने तयारी गरेको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक मधुसूदन बुर्लाकोटीले आइतबारदेखि सार्वजनिक यातायातको भाडा घटाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

पेट्रोलियम पदार्थको मूल्य निरन्तर घट्दा पनि सवारीसाधनको भाडा नघटेको भन्दै ज्ञापनपत्र बुझाउन शुक्रवार विभाग पुगेका १३ विद्यार्थी सङ्गठनका प्रतिनिधिलाई महानिर्देशक बुर्लाकोटीले उक्त जानकारी गराउनुभएको होे ।

ज्ञापनपत्रमा विद्यार्थीले सार्वजनिक यातायातको भाडा घटाउन माग गरेको र यदि त्यसो हुन नसके आन्दोलन गर्ने जानकारी गराएको अखिल क्रान्तिकारीका संयोजक रमेश मल्लले बताउनुभयो ।

ज्ञापनपत्रमा डेढ महिनाको अवधिमा डिजेलको मूल्य प्रतिलिटर रु ६ घटिसकेकोले सार्वजनिक यातायातको भाडा दरसहितको नागरिक बडापत्र सार्वजनिक स्थलमा राख्न, यातायात सेवा सुरक्षित र भरपर्दो बनाउन तथा ४५ प्रतिशत विद्यार्थी सहुलियत पूर्णरुपले लागू गर्न माग गरिएको छ ।