खानेपानीको विषयलाई लिएर भएको झगडामा दुई जना घाइते

391 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

downloadगजुरी- खानेपानीको विषयलाई लिएर भएको झगडामा धादिङको गजुरी गाउँ विकास समिति वडा नम्बर १ सोतीखोला दुई जना घाइते भएका छन् । सोतीखोलाका स्थानीयले प्रयोग गर्दै आएको खानेपानीको धारोको विषयलाई लिएर विवाद बढ्दै गएपछि विवाद सुल्झाउन आज छलफल हुँदै गर्दा दुई पक्षबीच झगडा भएको हो । झगडामा सोतीखोला निवासी विवेक घले र सिन्धुली घर भई हाल काठमाण्डौ बस्दै आउनुभएका सूर्य श्रेष्ठ घाइते हुनुभएको छ । घाइते दुबै जनाको टाउँकोमा चोट लागेको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । पानी प्रयोग गर्दै आए विवेक र छिमेकी पम्फा लामाबीच भएको विवाद मिलाउन स्थानीय आमा समूहले बोलाएको छलफलमा पम्फाले बाहिरको मान्छे बोलाएर कुटपिट गरेको विवेकका आफन्तहरुले आरोप लगाएका छन् । विवेक र पम्फाबीच यस अघिदेखि नै विवाद हुँदै आएको स्थानीयहरुले बताएका छन् । घाइते विवेक र सूर्यको गजुरी सामुदायिक अस्पतालमा उपचार गराइएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी सहायक निरिक्षक लक्ष्मण पाठकले बताउनुभयो । घटनामा संलग्न भएर घाइते भएका सिन्धुलीका सूर्य श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।