स्याल आतंक सेलाउन नपाउदैँ मैदीमा पुनः कुकुर आतंक
611 पटक पढिएको

धादिङ–धादिङको मैदी गाँउ विकास समितिमा स्याल आतंकको सेलाउन नपाउदै पुनः भुस्याकुकुरको आतंक बढेको छ । विगत केहि दिन देखी गाँउमा कुकुरको आतंक बढेको स्थानीयले गुनासो गरेका छन् । स्याललको आतंक सेलाउन पनाउदै फेरी मैदी बासिलाई कुकुरको आतंकले सताएको मैदी गाउँ विकास समिति वडा नम्बर ९ छाँपथोकका पासाङ मगरले बताउनु भयो । मैदी गाँउ विकास समितिको वडा नम्बर ९ मा डेढ सय भन्दा बढी भुस्याह कुकुर रहेको मगरले बताउनु भयो । साँझ विहान एक्लै हिड्न पनि डर भएको स्थानीयले बताएका छन् । गाँउमा कहिले स्यालले दुख दिने त कहिले कुकुरले दुख दिने गरेको कारण मैदी बासिहरु आजित भईसकेका छन् । गाँउभरी भुस्याह कुकुर भएकाले रेबिजको संक्रमणको जोखिम बढेको छ । कुकुर नियन्त्रणको लागि अहिले स्थानीयहरु आफैँ सक्रिय भएपनि सफल हुन सकेको छैन । स्यालले टोकेर आतंक मच्याएको केहि महिना वित्न नपाउनदै फेरी कुकरले टोक्न थालेपछि उनीनहरु समस्यामा परेका छन् । पुस महिनामा मैदी गाउँ विकास समितिमा स्यालले टोकेर १४ जना घाईते भएका थिए ।