जाआँै हो गोरखामा डिलक्स बस चढेर

533 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

busगोरखा– गोरखामा पहिलो पटक सुविधासम्पन्न डिलस्स बस चल्न थालेको छ । जिल्ला भित्रने आन्तरीक तथा बाँह्य पर्यटकलाई सुविधानसम्पन्न यातयात सेवा दिन यातययात व्यवसायी समिति गोरखाले तीनवटा डिलक्स बस सच्चालन गरेको हो । तीनवटै बस पाँच महिना लगाएर भारतमा निर्माण गरि ल्याइएको यातयात व्यावसायी समिति गोरखाका महासचिव सुुरेन्द्र कुँवरले बताउनु भयो । बस गोरखादेखि राजधानि काठमाण्डौँ रुटमा सन्चालन रहेको छ । एउटा बस विहान गोरखाबाट काठमाण्डा्रैँ लागि छुट्ने, अर्को काठमाण्डौँबाट गोरखाका लागि छुट्ने र एउटा जगेडामा रहनेगरी डिलक्स बस चल्ने व्यावस्था मिलाईएको छ । अरु विभिन्न जिल्लामा डिलक्स बस सेवा सच्नालनमा रहेपनि गोरखा जिल्लामा भने यो पहिलो पटक सन्चालनमा ल्याइएको हो । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनको लागि गोरखामा डिलक्स बस सन्चालनमा ल्याईएको हो ।