धादिङका स्थानीय विकास अधिकारी रुद्रसिंह तामाङ सह सचिवमा बढुवा-धादिङमा आएका अरु को को बढुवामा परे ?

809 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

rudra shing tamangeधादिङ -धादिङ जिल्लाका स्थानीय विकास अधिकारी रूद्रसिंह तामाङ निजामति सेवाको सहसचिव (राजपत्राङ्कित प्रथम श्रेणी तह) मा बढुवा हुनु भएको छ ।

निजामति सेवाको आन्तरिक प्रतिस्पर्धामा उनी उपसचिवबाट बढुवा हुन सफल भएका हुन् । लोकसेवा आयोगले तामाङसँगै नौ जनालाई बढुवा गरेको छ । नौ जनामा तामाङको नाम तेस्रो नम्बरमा छ ।

थप्रेक–३, नुवाकोट निवासी तामाङ यसअघि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा कार्यरत हुनुहुन्थ्यो । तामाङले बौद्धदर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिका कार्यकारी निर्देशकको पदमा रहेर पनि काम गरि सक्नु भएको छ । यसैगरी तामाङले नुवाकोट जिल्लामा पनि स्थानीय विकास अधिकारीको जिम्मेवारी लिएर काम गरि सक्नु भएको छ ।
बुबा प्रेमसिंह तामाङ र विन्दु तामाङका सूपुत्र रूद्रसिंह निजामति सेवामा मिलनसार, इमान्दार र मिजासिलो व्यक्तित्वको छवी बनाउन सफल व्यक्तिका रूपमा  चिनिनुहुन्छ । तामाङले सामाजिक संस्थाहरूको स्थापना र नेतृत्व पनि गर्नुभएको थियो   भने धर्म र संस्कृतिका विषयमा पुस्तकहरू समेत लेख्नु भएको छ  । निजामति सेवामा प्रवेश अघि उहां पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो ।

यसै गरी यस अघि धादिङको स्थानीय विकास अधिकारी रहनु भएका रुद्रनारायण भट्टराई र इन्दु घिमिरे पनि सह सचिवमा वढुवा हुनुभएको छ । यस पटक संयोगनै मान्नु पर्छ धादिङ जिविसका लेखा अधिकृत हेमराज पौडेल, धादिङका सहायक प्रमुख जिल्ला अधिकारी बेद खनाल पनि एकै दिन उप सचिवमा बढुवा हुनुभएको छ । निजामती तर्फ मात्रै   होईन नेपाल प्रहरीमा पनि धादिङ जिल्लामा रहेर काम गरिसक्नु भएका प्रहरी नायव उपरिक्षक गणेश रेग्मी, विकासराज खनाल,वसन्तराज कुंबर र तुलसीप्रसाद अधिकारी पनि एकै दिन प्रहरी उपरिक्षकमा बढुवा हुनु भएको छ । यसअधि ईलाका प्रहरी कार्यलय गजुरीमा कार्यरत प्रहरी  निरिक्षक दल बहादुर बोगटी प्रहरी नायव निरिक्षकमा बढुवा हुनुभएको छ । बोगटी सँगै ३८ जना प्रहरी निरिक्षकहरुको बढुवा भएको छ ।एक महिना अघि मात्रै धादिङका पुर्व स्थानीय विकास अधिकारी रमेशकुमार अधिकारी र पुर्व प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल पनि सह सचिवमा बढुवा हुनु भएको थियो ।