महिला समुहले आफ्नै प्रयासमा वनायो भवन

645 पटक पढिएको

२ फाल्गुन २०७१, शनिबार ११:४४ सम्पादक: धादिङ न्यूज

1610875_357421294464982_7077223967434910668_nथांक्रे- विकास निर्माणका कार्यमा महिलाको मात्र सहभागिता रह्यो भने त्यसको उपलव्धि कस्तो हुन्छ होला धेरैको चासो र जिज्ञासा रहन सक्छ । महिलालाई ठुला कामको जिम्मा नदिने हाम्रो समाजको चलनलाई तोड्दै थांक्रे गाविसका महिलाहरुले निर्माणमा महिला सहभागिताको महत्व देखाईदिएका छन । थांक्रे गाविस वडा नम्बर ४ पांचघरमा महिला समुहको भवन निर्माणका लागि स्थानीय सीताराम खतिवडाले दिनु भएको एक रोपनी भिरालो जग्गा महिलाहरुले आफ्नै सक्रियतामा सम्माएनन मात्रै त्यो ठाउंमा सुनौलो विहानी महिला समुहको भवन पनि निर्माण गरेर देखाईदिएका छन ।
भवनको निर्माण पछि स्थानीयतहमा महिला नेत्तृत्व, तालिम अन्य छलपललका कार्यक्रम गर्न सजिलो भएको समुहकी अध्यक्ष सरस्वती खतिवडाले वताउनु भयो । भवन निर्माणका लागि चाहिने काठ र आर्थिक श्रोतको संकलन पनि महिलाहरुलेनै गरेको भवन निर्माण समितिका संयोजक शोभा खतिवडाले जानकारी दिनु भयो ।