धादिङबेसीमा पनि पार्थेनियम
818 पटक पढिएको
भरतवावु श्रेष्ठ
गर्मी एवं वर्षायामको सुरुवातसंगै नेपालको उष्ण एवं उपोष्ण क्षेत्रमा रहेको अधिकांंश शहरी क्षेत्रमा, झट्ट हेर्दा तितेपाती जस्तो देखिने एक प्रकारको नयां वनस्पति देख्न सकिन्छ । वैज्ञानिक जगतमा पार्थेनियम हिस्टेरोफोरस नामले चिनिने यो वनस्पतिको नेपाली नाममा एकरुपता नभए पनि ठाउँ अनुसार यसलाई कनिके घाँस, बेथु घाँस, पड्के फूल, पाती घाूस, बहुदल झार (हेटौंडँ), सेतो फूल, माओबादी झाÂ (दँ¨) आदि नामले चिनिन्छ । अत्यन्त छिटो नयां ठाउंमा फैलन सक्ने र जनस्वास्थ्य, चरिचरण, जैविक विविधता एवं पर्यावरणमा प्रतिकुल असर पार्ने भएकोले यस वनस्पतिलाई अति हानीकारक संक्रामक वनस्पतिको रुपमा विश्वभरी चिनिन्छ । नेपालमा सन् १९६७ मा त्रिशुली क्षेत्रबाट यसको नमुना संकलन गरिएको भएता पनि नेपालमा बिगत दुई दशक भित्रमा यसको फैलावटमा तिव्रता आएको देखिन्छ । मुख्यतया यस वनस्पतिको विउ सवारी साधन मार्फत एक ठाउंबाट अर्को ठाउूमा पुग्न सक्ने र मानवीय क्रियाकलापको कारण वातावरणीय सन्तुलन विग्रिएको ठाउूमा सजिलै हुर्कन सक्ने भएकोले यो वनस्पति शहरी क्षेत्र एवं राजमार्गको वरिपरी बढी भेटिन्छ । हाल पार्थेनियम नेपालका काठमाडौं, त्रिशुली, पोखरा, हेटौडा, बिरगञ्ज, नारायणगढ, बुटवल, भैरहवा, दँ¨, महेन्द्रनगर, लगायत अधिकांश शहरी तथा व्यापारिक केन्द्रहरुमा यत्रतत्र सजिलै देख्न सकिन्छ । साथै पृथ्वी तथा महेन्द्र राजमार्गको छेउछाउमा प्रसस्त देख्न सकिन्छ । धादिङ बेंसीमा केही वर्ष अघि कता कति मात्र देखिने यो वनस्पति अहिले यत्रतत्र देख्न सकिन्छ । विशेषतः नीलकण्ठ क्याम्पसको पूूर्वपट्टिको खाली चौर र बीच बजारवाट माथिल्लो बजार जाने सडकको छेउछाउमा यो वनस्पति प्रसस्त देख्न सकिन्छ । पार्थेनियम एसिया महादेशको रैथाने वनस्पति होइन । मेक्सिकोमा उत्पति भएको यस वनस्पति हाल उत्तर अमेरिका, दक्षिण अमेरिका, अफ्रिका, एसिया र अस्टे«लियामा फैलिएको छ । इथियोपिया, अस्ट्रेलिया र भारत जस्ता उष्ण प्रदेशिय राष्ट्रहरुको धेरै भू–भागमा पार्थेनियम फैलिएकोले यसको नियन्त्रण राष्ट्रिय महत्त्वको विषयमा पर्दछ । अष्ट्रलियाले यसको नियन्त्रणको लागि राष्ट्रिय रणनीतिक योजना नै विकास गरेको छ । सन् १९९१ सम्ममा भारतको २० लाख हेक्टर जमिनमा पार्थेनियम फैलिसकेको छ र यसको नियन्त्रणका उपाय पत्ता लगाउन दुई वटा राष्ट्रिय सेमिनार गरिसकेको छ भने यसै वर्ष (सन् २०१०) को डिसेम्बरमा तेस्रो राष्ट्रि«य सम्मेलन गर्दैछ । अफ्रिकाको नैरोबीमा पनि यसै वर्षको नोभेम्बरमा पार्थेनियम नियन्त्रणका उपायहरुका बारेमा छलफल गर्न पाूच दिने अन्तर्राष्ट्रिय कार्यशाला गोष्टिको आयोजना हुूदैछ । सन् १९९० को दशकमानै नेपालको अधिकांश शहरी क्षेत्रमा यस वनस्पति फैलिएता पनि यसको नियन्त्रणको लागि कुनै निकायबाट प्रयास भएको हालसम्म जानकारीमा आएको छैन । साथै त्रिभुवन विश्वविद्यालय अन्तर्गतको वनस्पतिशास्त्र केन्द्रीय विभागमा भएको केही अनुसन्धानहरु बाहेक नेपालमा यस वनस्पतिले आर्थिक तथा पर्यावरणीय क्षेत्रमा पार्न सक्ने प्रतिकुल असर बारे कुनै पनि अध्ययन अनुसन्धान भएको छैन ।
पार्थेनियमबाट हुने हानि नोक्सानी पार्थेनियमले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मानव तथा पशु स्वास्थ्य, चरिचरण, जैविक विविधता एवं परिस्थितिय चक्रमा नकारात्मक असर पार्ने कुरा विभिन्न राष्ट्रमा भएका अनुसन्धानहरुले प्रमाणित गरिसकेको छ । सामान्यतया फूल फुलेको अवस्थामा निस्कने परागकणहरुले मानिसको छालामा एलर्जि र स्वासप्रस्वाससँग सम्वन्धित समस्याहरु ल्याउंछ । विषेशतः सूर्यको प्रकास सिधै पर्ने अङ्गहरु जस्तैः मुहार र घांटीमा यसको प्रभाव बढी देखिन्छ । शुरुवातमा चिलाउने, रातो डाबर उठ्ने र सुन्निएर फोका बन्ने गर्दछ भने पछि विस्तारै यसको असर अरु अङ्गहरुमा पनि फैलदै जान्छ । पार्थेनियमको यस्तो असरबाट बच्न घाम लागेको समयमा पार्थेनियमको फूल फुलेको विरुवा वरपर नजानु नै हो । पार्थेनियमले घरपालुवा जनावरहरुमा पनि प्रत्यक्ष रुपमा नकारात्मक असर पार्दछ । बाख्राबाहेक अन्य पाल्तु जनावरहरुले यसलाई खाूदैन तर पार्थेनियम फैलिएको चरण क्षेत्रमा चरिचरण गर्दा जनावरहरुको मुख तथा जिव्रोमा खटिरा देखिने गर्दछ । साथै दूध तीतो हुने र मासुको गुणस्तर पनि घट्दछ । हेटौडा क्षेत्रमा पार्थेनियमको बारेमा अनुसन्धान गरेका देवेन्द्र कार्की त्यस क्षेत्रका पशुपालक किसानहरुले माथि उल्लेखित समस्या भोगिरहेको बताउछन् । यस बाहेक चरण क्षेत्रमा पार्थेनियम फैलिएपछि घाँसको उत्पादन कम भई पशुपालन व्यवसायलाई नै नकारात्मक असर पार्दछ । नुवाकोटको त्रिशुली, काठमाडौंको कीर्तिपुर र गोरखाको मझुवा देउराली क्षेत्रको घाूसे मैदानमा गरिएको एक अनुसन्धान अनुसार पार्थेनियमले ४–५ वर्षमा नै घर पालुवा जनावरहरुले मन पराउने घाँसका प्रजातिहरूलाई आंसिक तथा पूर्ण रुपमा विस्थापित गर्न सक्दछ । पार्थेनियम फैलिएको ठाउँबाट विस्तारै रैथाने वनस्पतिहरु विस्थापित हुने भएकोले स्थानीय जैविक विविधता एवं परिस्थितिय चक्रलाई पनि असन्तुलित बनाइदिन्छ । यस वनस्पतिले उत्पादन गर्ने पार्थेनिन ९एबचतजभलष्ल० नामक विषालु रसायन विरुवाको जरा, पात, फूल तथा फलबाट बाहिर निस्किइ वरिपरिको वनस्पतिलाई हानी पु–याउँछ । अनुसन्धान प्रयोगशालामा गरिएको परिक्षण अनुसार यस वनस्पतिले उत्पादन गरेको रसायनले अन्नवाली तथा तरकारीहरुको विउलाई अंकुरण हुनबाट रोक्नसक्छ । तसर्थ खेती गरिने क्षेत्रमा यो वनस्पति फैलिदै गएमा कृषि उत्पादनलाई पनि घटाउन सक्छ । साथै दुलर्भ वन्यजन्तुहरुको वासस्थानहरुमा यो वनस्पति फैलिएमा ती जनावरहरुले खाने रैथाने वनस्पतिलाई विस्थापित गरिदिन्छ । फलस्वरुप खानाको अभावमा ती दुलर्भ जनावरहरुको जीवन झन् खतरामा पर्न सक्छ ।
प्रसारण एवं फैलावट पार्थेनियम एक वर्ष भित्रमा जीवन चक्र पुरा गर्ने दुईदलीय वनस्पति हो । सूर्यमुखी वनस्पति परिवार ९ब्कतभचबअभबभ० मा पर्ने यो वनस्पति उपयुक्त चिस्यान र तापक्रम पाएमा वर्ष भरिनै उम्रन र फूल फुल्न सक्दछ । एउटै विरुवा ३–४ महिना सम्म पूmल फुलिरहन र विउ उत्पादन गर्न सक्दछ । एउटा विरुवाले औसतमा ३९०० सम्म विउ उत्पादन गर्न सक्दछ र विउको अंकुरण क्षमता ८०ू भन्दा बढी हुन्छ । यसको विउ बोटबाट झर्ना साथै उम्रन सक्छ, साथै माटो भित्र पुरिएर कयांै वर्ष सम्म पनि अंकुरण क्षमतामा ह्रास नआइकन बांचिरहन सक्छ । माटो भित्र यसरी पुरिएको विउ माथि सतहमा आउनासाथै अंकुरण हुन सक्छ । यसको विउ अत्यन्त सानो र हलुका हुने भएकाले हावाले सजिलैसँग उडाएर टाढा–टाढासम्म लैजान सक्छ । साथै वर्षातको पानी, यातायातको साधन एवं कृषिजन्य उत्पादनहरुमा टासिएर सजिलै एक ठाउंबाट अर्को ठाउँमा पुग्न सक्दछ । जस्तैः चितवनका किसानहरु सिंचाइमा प्रयोग हुने नारायणीको पानीले पार्थेनियम ल्याएको विश्वाश गर्दछन् । सम्भवतः त्रिशुली उपत्यका र पृथ्वी राजमार्ग आसपास क्षेत्रमा फैलिएको पार्थेनियमले उत्पादन गरेको विउ वर्षातको पानीसँगै नारायणी नदी मार्फत चितवनको खेती गरिएको जमिनमा फैलिएको हुन सक्छ ।
नियन्त्रणमानव तथा पशु स्वास्थ्य एवं जैविक विविधतामा पार्ने प्रत्यक्ष नकारात्मक असरको कारण परिस्थितीय चक्रको सन्तुलन ९भ्अयकथकतझ दबबिलअभ० को लागि पार्थेनियमको नियन्त्रण अति आवश्यक छ तर ठूलो संख्यामा अत्यन्त सानो एवं हलुका विउको उत्पादन, विषालु रसायन र अंकुरण क्षमतासहित लामो समयसम्म माटोमा विउ बाच्न सक्ने क्षमताको कारण यस वनस्पतिको नियन्त्रण एउटा चुनौतिको रुपमा लिइन्छ । हालसम्म कुनै पनि प्रयोजनका लागि यस वनस्पतिको प्रयोग लाभदायक देखिएको छैन । साथै प्राकृतिक रुपमा यस वनस्पतिलाई वृहत रुपमा नष्ट गर्न सक्ने कुनै पनि प्रभावकारी शत्रु (जस्तैः किरा, ढुसी) फेला परेको छैन । पार्थेनियमको पात खाने एक प्रकारको खपटे किरा अर्थात जाइगोग्रामा वाइकोलोराटा ९श्थनयनचबmब दष्अययिचबतब० र डाूठमा हानी पु–याउने एपिब्लेमा स्ट्रेनुअना ९भ्उष्दझिब कतचभलगबलब० नामक किराहरुको प्रयोग तुलनात्मक रुपमा प्रभावकारी देखिएको छ । पार्थेनियम नियन्त्रणका लागि सन् १९८४ मा मेक्सिकोबाट ल्याई यो खपटे किरा भारतमा छोडिएको थियो । यो किरा भारतको धेरै क्षेत्रमा फैलिसकेको छ र पार्थेनियम नियन्त्रणमा केही सघाउ पु–याइरहेको छ । आधिकारिक रुपमा यो किरा नेपालमा भिœयाइएको छैन, तर यस लेखकको नेतृत्वमा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानको आर्थिक सहयोगमा गत वर्ष भित्रि मधेश तथा तराईका केही क्षेत्रहरुको सर्वेक्षण गर्दा उक्त खपटे किरा भेटिएको थियो । काठमाडौं तथा धादिङ बेंसीमा भने यो खपटे किरा हालसम्म देखिएको छैन । यी किराहरुले पात तथा डाूठमा हानी पु–याउने भएकोले पार्थेनियमको विउ उत्पादन क्षमतामा ह्रास आई फैलावटमा केही कमी आउँछ । मसला रुख ९भ्गअबथिउतगक० र सूर्यमुखीमा पार्थेनियमको विउ अंकुरण रोक्न सक्ने केही रसायनहरु भएको अनुसन्धानले देखाएकोछ । यी रसायनहरुको पहिचान गरी धेरै मात्रामा उत्पादन गर्न सकेमा पार्थेनियम नियन्त्रणको लागि जैविक किटनाशक औषधीको रुपमा यी रसायनहरुको प्रयोग गर्न सकिन्छ । अति प्रभावित राष्ट्रहरु मध्ये अष्ट्रेलियामा पार्थेनियम नियन्त्रणको लागि केही विषादीहरु (जस्तैः ब्तचबशष्लभ, ज्भहबशष्लयलभ, म्ष्अबmदब) को प्रयोग सिफारिस गरिएता पनि वातावरणीय सन्तुलनको दृष्टिले ती विषदीहरुको वृहत्त प्रयोग उपयुक्त हँुदैन । तसर्थ अहिलेको अवस्थामा पार्थेनियम नियन्त्रणको सवैभन्दा प्रभावकारी उपाय भनेको फूल फुल्नुभन्दा अगावै यस विरुवालाई उखेल्नु नै हो । माटोमा असंख्या मात्रामा यसको विउ हुने भएकोले एक वर्ष फूल फुल्न नदिए पनि अर्को वर्ष उत्तिकै मात्रामा पार्थेनियम उम्रन सक्छ । तसर्थ पार्थेनियम पूर्ण रुपमा नहराउन्जेल हरेक वर्ष फूल फुल्नु अगावै उखेल्न सकेमा यसको नियन्त्रण सम्भव छ । तर यो विधि पनि अत्यन्तै महंगो हुन्छ र प्रारम्भिक अवस्थामा सानो क्षेत्रमा मात्रै व्यवहारिक हुन सक्छ । नेपालमा यस विरुवाको फैलावट संक्रमणकै अवस्थामा मान्न सकिन्छ । तसर्थ कृषि विभाग तथा नगरपालिकाहरुको अग्रसरतामा स्थानीय जनसहभागिता जुटाई फूल फुल्नु अगावै यस विरुवालाई नष्ट गर्ने कार्य शुरु गरेमा नियन्त्रणमा सफलता पाउन सकिन्छ । यसको लागि पार्थेनियमले पार्ने नकारात्मक असरको बारेमा विभिन्न माध्यामबाट जनचेतनाको विकास गर्नु अत्यन्तै आवश्यक हुन्छ । हामीले भ्रमण गरेका मध्ये केही ठाउूका मानिसहरुलाई मात्र पार्थेनियमको फैलावटबाट हुने बेफाइदाको बारेमा जानकारी भएको पाइयो तर अन्य क्षेत्रका मानिसहरुलाई सोको जानकारी भएको पाइएन । जस्तैः हेटौडाका किसानहरु पार्थेनियम नियन्त्रणका उपायहरुको खोजी गर्दैछन् भने नवलपरासीको एक गाउू (अमरापुरी) मा पार्थेनियमलाई नयाँ विरुवा÷फूल भनेर संरक्षण गरेर राखेको भेटियो । तसर्थ पार्थेनियम नियन्त्रणको लागि हामीले तत्काल तल उल्लेखित कार्यहरु गर्नु पर्दछः१) भौगोलिक सूचना प्रणाली मार्फत पार्थेनियमको संक्रमण भैसकेको तथा संक्रमण हुन सक्ने सम्भावित क्षेत्रहरुको पहिचान गर्ने ।२) पार्थेनियम संक्रमण भैसकेको क्षेत्रमा यस वनस्पतिबाट जनस्वास्थ्य, चरिचरण र पर्यावरणमा पार्न सक्ने प्रतिकुल असर बारे जनचेतना अभिवृद्धी गर्दै यसको नियन्त्रणको लागि जनसहभागिता मूलक कार्यक्रमहरु संञ्चालन गर्ने ।३) पार्थेनियमको संक्रमणबाट रैथाने वनस्पति, जैविक विविधता, चरिचरण, कृषि उत्पादन तथा जनस्वास्थ्यमा पार्न सक्ने प्रतिकुल असर र त्यसको निराकरण बारे अध्ययन अनुसन्धान गर्ने । ४) दूर्लभ वनस्पति एवं वन्यजन्तुहरुको वासस्थान लगाएत पार्थेनियम संक्रमण हुन सक्ने संभावित क्षेत्रहरुलाई यसको संक्रमणबाट बचाउन एकिकृत उपायहरु अपनाउने ।
-लेखक त्रिभुवन विश्वविद्यालय कीर्तिपूरको वनस्पति शास्त्रका उप–प्राध्यापक हुनुहुन्छ ।