शुक्रबार विहान २ घण्टा कालुपाण्डे मार्ग बन्द हुने

943 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

gadi 1धादिङ– शुक्रबार विहान साडे ६ बजेदेखी साडे ८ बजेसम्म कालुपाण्डे राजमार्ग अन्तरगत ससाहदेखी धादिङबेसी सम्म सवारी आवागमन नहुने भएको छ ।धादिङबेसी खुल्लामञ्चमा सन्चालन भईरहेको धादिङ क्षेत्र नम्बर २ अन्तरगतको क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा दौड प्रतियोगिता हुने भएकोले सवारी साधन पुर्ण रुपमा ठप्प हुने जिल्ला खेलकुद विकास समिति धादिङले जनाएको छ । बिहिबारबाट सन्चालन भएको क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिवार सम्म सन्चालन हुने आयोजकले जनाएको छ । शुक्रबार विहान धादिङबेसी खुल्लामञ्चमा ससाहको कज वे सम्म पाँच किलोमिटर दौड हुने भएकाले सडक खुल्ला गर्न लागिएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ । शुक्रबार प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले एक कार्यक्रमका बीच क्षेत्रीय प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । धादिङ निर्वाचन क्षेत्रनम्बर २ का खेलकुद संयोजक अमृत तामाङको अध्यक्षतामा शुरु भएको प्रतियोगितामा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनराज भण्डारी, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष सिताराम प्रसाद बर्मा लगायत विभिन्न संघ–संस्थाका प्रतिनीधि सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा फुटवल,भलिवल लगायत एथ्लेटिक्स अन्तरगतका सम्पुर्ण प्रतियोगिता हुने छ ।