रसियामा तीनवटा सुर्य उदाएपछि …
682 पटक पढिएको


स्थानीयले लहरै तीनवटा सुर्यको किरण देखेपछि चकित भएका थिए । तर यथार्थमा त्यहाँ तीनवटा सुर्य भने उदाएका थिएनन् । हावामा आँखाले देख्न नसकिने बरफको सानो भन्दा सानो क्रिस्टलले दृष्यलाई भ्रमित गर्दै एउटै सुर्यलाई तीनवटा देखिने बनाएको थियो ।
माइनस् २५ डिग्री सेन्टिग्रेट भन्दा कम तापक्रमकै कारण अप्टिकल भ्रम बन्ने गरेको डेलिमेलले लेखेको छ । ‘फ्यानटम सन’ नामले समेत चिनिने यो दृष्यले मानिसहरुलाई आश्चर्य चकित बनाएको थियो ।
अहिले तीनवटा सुर्यको भिडियो र तस्बिर सामाजिक सञ्जालमा लाखाैंको संख्यामा सेयर भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छ्न् ।
– :अन्नपूर्ण/डेलिमेल