धादिङबेसी तिप्लिङ सडक अव दामन पाख्रिन मार्ग

1535 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

imagesधादिङ ,८  – धादिङ जिल्लाकोे सदरमुकामवाट उत्तरी क्षेत्र जोड्ने मुख्य मार्गको रुपमा रहेको धादिङबेसी साङकोष तिप्लिङ सडक खण्ड अव दामन पाख्रिन मार्गको नामले चिनिने भएको छ ।
नेपाली काँग्रेस धादिङका संस्थापक एवम तत्कालिन जिल्ला सभापती दामन पाख्रिनको स्मृतिमा धादिङबेसी साङकोष तिप्लिङ सडक खण्डलाई दामन पाख्रिन मार्ग घोषणा गरिएको हो । धादिङको सत्यदेवी गाविस घर भएका पाख्रिन २०४७ सालमा धादिङ क्षेत्र नम्बर १ वाट प्रतिनिधि सभामा विजयी समेत हुनु भएको थियो । नेपाली काँग्रेस धादिङका सभापती समेत रहनु भएका पाख्रिनको योगदानहरुलाई सम्झना गर्दै  सडकको नाम दामन पाख्रिन मार्ग राखिएको नेपाली कांग्रेस क्षेत्र नम्बर १ का नेताहरुले वताएका छन । स्वर्गिय पाख्रिनका छोरा दिलमान पाख्रिन संविधान सभामा नेपाली कांग्रेसको तर्फवाट समानुपातिक सभासद हुनुहन्छ । दामन पाख्रिनको राजनैतिक योगदानको कदर गर्नका लागि पाख्रिनका शुभचिन्तकहरुले दामन पाख्रिन स्मृति प्रतिष्ठान गठन गरी विभिन्न सामाजिक कार्यहरु समेत गर्दै आईरहेका छन ।
उत्तरी धादिङको ग्रामीण क्षेत्रको विकासको लागि आफुले सक्दो पहल गर्ने अर्थमन्त्री डा.रामशरण महतले बताउनु भएको छ । धादिङको दार्खा गाउ विकास समिति वडा नम्वर १ किन्ताङ फेदीमा विहीवार आयोजना गरिएको धादिङबेसीे तिप्लिङ सडकलाई दामन पाख्रिन मार्ग घोषणा कार्यक्रमलाई सम्वोधन गर्नुहुंदै अर्थमन्त्री महतले सो कुरा बताउनु भएको हो । उत्तरी धादिङको पाँच वटा गाउँ विकास समितिलाई जोड्ने एक सडक खण्डको रुपमा रहेको दामन पाख्रिन मार्गको अर्थमन्त्री महतले बिहीवार एक कार्यक्रमको बीच उद्घाटन गर्नुभएको हो । राजधानीसंग नजिक रहेको जिल्ला भएर पनि धादिङको उत्तरी क्षेत्रका पांच गाविसमा अहिले सम्म मोटर पुग्र्न त परै जावोस सडक सञ्जाल समेत विस्तार हुन सकेको छैन । सडक सुविधाले नछोएका कारण धादिङको उत्तरी क्षेत्रका विकटका वस्तिका वासिन्दाले शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी जस्ता विकासका पुर्वाधारहरुवाट समेत टाढा रहनु परेको अर्थमन्त्री महतको भनाई थियो । सडकको उदघाटन संगै अर्थमन्त्री महतले उत्तरी क्षेत्रमा रहेका झोलुङगे पुलमा पक्की पुल निर्माण गर्न आफुले पहल गर्ने र दार्खाको किन्ताङ खोलामा पक्की पुल बनाउनको लागि छिट्टै पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।