विद्यालयको रकममा प्रअको मस्ती-विद्यार्थीको छात्रवृत्ति पनि आफ्नै गोजीमा

584 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

bhrastachar-newsधादिङ,– शिक्षकको काखमा विद्यार्थीको भविष्य फूलेको हुन्छ । तर विद्यालयको प्रधानाध्यापक नै भ्रष्ट भएपछि कसले कार्बाही गर्ने ? धादिङको मैदी गाविस स्थीत संस्कृत तथा साधरण उमाबीका प्रधानाध्यापक पौष प्रसाद तिवारीले बर्षौं देखि विद्यालयको लाखौं रुपैंया भ्रष्टचार गरेको पाइएको छ । रातोपाटीलाई प्राप्त प्रमाणहरुमा उनले विद्यालयको १६ लाख रुपैंया अनियमितता गरेको पाइएको छ । उनले गरेको अनियमितताबारे अख्तियारमा समेत उजुरी परेको छ । उनले विद्यालयको नामको रकम मात्रै हिनामिना गरेका छैनन् दलित, जनजातिको नाममा आएको छात्रबृतिको रकम समेत किर्ते गरि कुम्लाएका छन् । विद्यालयकै एक अविभावकले उनले गरेको अनियमितताको सूचि सहित विभिन्न निकायमा उजुरी गरेका छन् ।

यस्तो छ भ्रष्टचारको नालीबेली

अनियमितता १:

२०६६ सालमा उक्त विद्यालयको महोत्सव मनाउँदा विद्यालयको नामको अक्षयकोष बनाउने भन्दै स्थानिय समाजसेवी रणबहादुर लोप्पा, हरिप्रसाद तिवारी गिरमाया तिवारी,दुर्गा प्रसाद तिवारीबाट २ लाख असुलेछन् । सहयोगीहरुलाई सो रकम विद्यालयको सदरमुकाम धादिङ बेशीस्थीत राष्ट्रिय बाणिज्य बैंकमा राखिएको भनिएको रहेछ तर हाल सम्म पनि सो रकम खातामा नराखी आफैले गायब पारेछन् । सो रकम बारे अविभावक र विद्यालय व्यवस्थापन समिति नै अहिलेसम्म बेखबर रहेको अध्यक्ष अर्जुन शाहिको भनाई छ ।

अनियमितता २:

जिल्ला शिक्षा कार्यालय धादिङबाट उनी आफैले छात्रबृति रकम निकासा गराएछन् । चारवटा आर्थिक वर्षको विद्यार्थीको नामको रकम आफूले कुम्ल्याएछन् । उनले तीन आर्थिक बर्षको विद्यार्थीको नामको छात्रबृति किर्ते हस्ताक्षेर गरि आफैले लिएको पाइएको छ । त्यस्तै गरि ०६९ देखि ०७० स्थायी शिक्षकको नियमित दाखिला गर्नु पर्ने करबापतको २ लाख नक्कली नामको फाँटवारी तयार पारी जिल्ला शिक्षा कार्यालय धादिङबेशीमा पेस गरि आफैले सो रकम हिनामिना गरेछन् ।

chatrabritti
अनियमितता ३ :

नेपालमा काम गरिरहेको जापानी संस्था कोसोब नेपाले भवन बनाउन आर्थिक बर्ष ०६९÷७० मा विद्यालयलाई दिएको १९ लाख ९५ हजार रुपैंयामा उनले विद्यालयको ब्यायभार बढेको भन्दै ३५ लाखको बिल बनाइ पेस गरेका रहेछन् । विद्यालय स्रोतका अनुसार उनले सक्कली बिल भने गायब गरेका छन् । ठूलो भवनको आर्थिक अनियमितता पछि उनले सार्वजनिक सुनुवाई समेत गरेका छैनन् । निर्माण समितिलाई समेत यो बारे खबर गरिएको छैन । त्यस्तै गरि विद्यालय हाताभित्र चर्पि निर्माणको लागि जिल्ला शिक्षा कार्यलयबाट दिएको २ लाख रुपैंया हुँदा पुन जिल्ला शिक्षा कार्यलय मार्फत दुई लाखको स्टेटमेन्ट बुझाएछन् ।

अनियमितता ४ :

विद्यालयमा प्रशासनिक सहायक खरिदार नियुक्ती गर्न १५ दिने सुचना प्रकाशित गरि विभिन्न व्यक्तिबाट दरखास्त लिएछ । दरखास्त रद्ध गरी उनले आफ्नै भाईबुहारी जानुका भट्टलाई नियुक्त गरेछन् ।

उनले अनियमीतता गरेकै कारणले ३ बर्ष अविभाबक भेला समेत हुन सकेको छैन । स्थानिय तीन राजनीतिक दल नेपाली काँग्रेस, एमाले र एमाओवादीले छानबीन गरि कार्वाहि गर्नुपर्ने माग गर्दै आएका छन् ।

jilla sikchya karyalaya
२०५४ सालमा उनै तिवारीले नक्कली प्रमाणपत्र बनाएर विक्रि गरेको भन्दै जिल्ला शिक्षा कार्यालय धादिङमा उजुरी नै परेको थियो । राजनीतिक दबाबको कारण उनले गरेको नक्कली कामको कार्वाहि समेत हाल सम्म रोकीएर बसेको छ ।

यता धादिङका जिल्ला शिक्षा अधिकारी गणेश प्रसाद ढकाल भने उनलाई छानविनको दायरामा ल्याइएको दाबी गर्छन् । ‘हामीले विद्यालय निरीक्षकको नेतृत्वमा छानविन गर्न पठाएका छौं,’ उनले भने, ‘एक हप्ता भित्रै केहि परिणाम आउने छ ।’

अनियमितता गर्ने शिक्षक तिवारी आफूले त्यस्तो नगरेको बताउँछन् । आफ्नो चरित्र हत्या गर्न खोजीएको उनको आरोप छ ।

akhtiyar

– रातोपाटी डट कमबाट