सामाजिक सुरक्षाभत्ता रकम चोर्ने पक्राउ

489 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

images (3)धादिंङ,१३ फागुन -सामाजिक सुरक्षाभत्ता रकम राखेको झोला   चोर्ने धादिङको बसेरी–५ का राजु ढकाललाई प्रहरीले विगो रकम सहित पक्राउ गरेकोछ । वुढाथुम गाविस सचिव दुर्गा प्रसाद रिजालले सामाजिक सुरक्षा भत्ता वितरण गरि वचेको डेढ लाख रकम र भर्पाई राखेको व्याग ढकालले  जीप वाटै चोरेर वाटैमा ओर्लेका थिए ।
गविस सचिव रिजाल सहित वसेरी–७ वाट जीप  चढेका ढकालले आरुघाट सम्मको टिकट काटे पनी वीचवाटैमा  ओर्ले पछि उनी माथि आशंका गरिएको प्रहरीले जनाएको छ । ढकाललाई आरुघाट वजार वाट पक्राउ गरि खानतलासी गर्दा गुप्ताङ्ग र जुत्तामा लुकाईको एक लाख २१ ह्जार वरामद गरिएको र अरु थप रकम फेला नपरेको प्रहरी नायव उपरिक्षक प्रकाश मल्लले वताउनु भयो ।