धादिङ–काठमाण्डौँ रुटको भाडादरमा एकरुपता भएन, १ सय ७५ देखी १ सय ८० रुपैँया भाडा असुल्दै

637 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

vada newsधादिङ–पेट्रोलियम पदार्थको मुल्य घटेसँगै सरकारले सार्वजनिक सवारी साधनको भाडादर घटाए पनि अहिले सम्म कार्यन्वयन हुन सकेको छैन । यातायात व्यावसायी संघहरु र सवारीधनीहरुले आफुखुसी भाडादर असुल्दै आएका छन् । धादिङ काठमाण्डौँको भाडा दर सरकारले १ सय ७४ रुपैँया कायम गरेपनी यात्रुहेरेर भाडा दर असुल्ने गरेका छन् । धादिङ यातायतले धादिङ काठमाण्डौँ सम्मको भाडादर १ सय ७५ रुपैँया कायम गरेपनी अन्य यातायात व्यावसायीहरुले भने १ सय ८० रुपैँयानै असुल्दै आएका छन् । यातायात विभागले एक विज्ञप्ति निकालेर धादिङ लगायत देशभर सन्चालनमा रहेको सार्वजनिक यातायातका लागि ४.३७ प्रतिशत भाडा घटाएको छ भने काठमाण्डौँ उपत्यका र तराईका लागि २.३ प्रतिशत भाडा घटाएको छ । भाडा घटेको महिनौ वित्न लाग्दा समेत सरकारले तोकेको भाडा दर कार्यन्वयन हुन सकेको छैन । सरकारले सार्वजनिक भाडा दर घटाएसँगै धादिङ काठमाण्डौँको रुटमा चल्ने सार्वजनिक सवारी साधनमा ४ रुपैँया घटेको छ । तर पनि व्यावसायीहरुले भने १ सय ८० रुपैँया नै असुल्दै आएका छन् । सरकारले तोकेको भाडा दर अनुसार १ सय ७४ रुपैँयामा धादिङ काठमाण्डौँ आवत–जावत गर्नपाउनुपर्ने हो । तरपनी  व्यावसायीहरुले मनोमानी ढङगबाट भाडा  असुल्दै आएका छन् । ग्रामिण यातायात व्यावसायीले अहिले सम्म पनि १ सय ८०  नै कामय गरेको छ । शुक्रबार वा शनिवार बैठक बसेर भाडादर समायोजनको बारेमा कुराकानी हुने एक कर्मचारीले धादिङ न्युज डट कमलाई जानकारी दिनुभयो ।