सुन्दर देखिन जसले ४० वर्षसम्म नहाँसी बिताइन्
1044 पटक पढिएको
अनुहार चाउरी पर्ला भनेर एक महिलाले ४० बर्षसम्म नहाँसिकन बिताएकी छिन् । ५० बर्षकी टेस क्रिश्टियन नामकी महिलाले ४० बर्षसम्म नहाँसी बिताएकी हुन् ।
आफुले सधै किशोरी देखिन यस्तो गरेको उनले खुलाशा गरेकी हुन् । स्थानीय एक रेष्टुरेन्टमा भएको गेट टुगेदरमा टेस नहाँसेपछि उनका साथीहरुले यो रहस्य थाहा पाएका हुन् । आफ्ना साथीहरु एकअर्काका खित्का छाडेर हासिरहँदा पनि उनले भने एउटा पनि मुस्कान नदिई बसेकी थिइन् ।
उनी रमाइलो नगर्ने होइनन, रमाइलो गर्ने खालकी हुन् । तर अनुहार नबिग्रियोस र सधै युवती देखिरहनका लागि उनले योजनाबद्ध रुपमै यो उपाय अपनाएकी हुन । कतिसम्म भने उनी आफ्नी छोरीको जन्ममा पनि हासिनन् चक्रपथ डट कमले खबर लेखेको छ
‘मेरो अनुहारमा चाउरी छैन किनभने मेरो अनुहारको मसललाई नियन्त्रण गर्न म तालिम प्राप्त छु । मलाई सबैले सोध्छन किन अनुहार सधै उस्तै भनेर । त्यसबेला म तथ्य बताउंछु की टिनएजेर देखि म हासेकी छैन् ।’ टेसले भनेकी छन् ।
३४ बर्षकी चर्चित सेलिब्रेटी किम कादरसिनले पनि आफुले अनुहारलाई चाउरी पर्नबाट रोक्न नहास्ने कोशिस गरेको बताएकी छिन् । छाला रोग बिशेषज्ञ डा.निक लोवी भन्छन् – यो बुढो नदेखिने एक प्रभावकारी विधि हो ।’







