भैँसीले चोर मार्‍यो

1092 पटक पढिएको

१५ फाल्गुन २०७१, शुक्रबार ०६:२३ सम्पादक: धादिङ न्यूज

आगरा–भारतको आगरा स्थित नगलमणि गाउँमा एक चोरलाई भैँसी चोरी महँगो सावित भएको छ। भैँसी चोर्न गएको चोरलाई भैँसीले खुब धुलाइ गर्योा। अन्ततः भैँसीले हानेको गम्भीर चोटका कारण चोरको मृत्यु भयो।

 

bd73f14faa6e9a6123c68727fa55d6a2_Lराति चोरले भैँसी चोरेर भागिरहेका थिए। जब खुला मैदान आइपुग्यो भैँसीले उग्ररुप लियो। आत्तिकएको बेला चोरको हात भैँसीको गलामा लाएको डोरीमा अल्झियो। यसपछि भैँसीले चोरलाई करिब २ किलोमिटरसम्म दगुर्दै घिसार्यो । चोरको टाउको तथा पेटमा गम्भीर चोट लाग्न पुग्यो। उपचारका क्रममा उनको मृत्यु भएको छ नागरिक न्यूज डट कमले खबर लेखेको छ ।

चोरको पहिचान भइसकेको प्रहरीले बताएको छ। शवलाई प्रहरीले पोस्टमार्टमका लागि अस्पताल लगेको छ। भैँसी मालिक बिहान उठ्ना साथ हेर्दा रामप्यारी नामको सो भैँसी गोठमा थिएन्। पछि छिमेकीहरुले उनलाई घटना बारे बेलिविस्तार लगाए। घटनापछि रामप्यारीको नाम यमराजकी भैँसी भएको छ।