भद्रगोल अर्को हप्ता देखि प्रशारण हुने

651 पटक पढिएको

सम्पादक: Dhading News

1555382_1493489880890435_2072883168029155489_nकाठमाण्डौं –दुई साता देखि प्रसारण रोकिएको हांस्य टेलिसिरियल ‘भद्रगोल’ र ‘जिरे खुर्सानी ’ अर्को हप्ता देखि नियमित हुने भएको छ ।
नेपाल टेलिभिजनबाट प्रसारण हुंदै आईरहेको यो दुई कार्यक्रमको प्रायोजन र विज्ञापनको जिम्मा लिएको वल्र्ड भिजन एड्भटाईजिङले सिद्धार्थ बैकमा विभिन्न टेलिभिजन कार्यक्रमका लागि राखेको पांच करोड ८६ लाख रुपैया धितो रकम नक्कली सावित भएपछि छानविनको क्रममा रहेकाले दुईसाता देखि नयाँ भागको प्रसारण रोकिएको हो । भद्रगोलका मुख्य सहायक निर्देशक तथा कलाकार कुमार कट्टेलका अनुसार हाल वल्र्ड भिजनका प्रवन्धक दिनेश श्रेष्ठ थुनामा रहेका कारण भद्रगोलको बांकी प्रसारण मिडिया हवसंगको सहकार्यमा अघि बढ्ने भएको छ ।