द्वन्द्वमा वेपत्ता पारिएकी गोमाको काजक्रिया गरियो

561 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

11050958_10204681077039246_1108614880_nधादिङ । माओवादी द्वन्द्वका क्रममा विद्रोही पक्षबाट वेपत्ता पारिएकी धादिङ केवलपुर–७ की गोमा कोइरालाको एघार वर्ष पछि काजक्रिया गरिएको छ । फागुन ६ गते औंशीको तिथी पारेर हिन्दु परम्परा अनुसार कुशको नारायणवबी बनाई दाहसंस्कार गरेको सोमबार १३ पुण्य तिथि सम्पन्न गरिएको छ ।
सामान्य गृहिणी कोइरालालाई तत्कालिन नेकपा माओवादीका कार्यकर्ताले ०६० पुष २८ गते राती नौ बजे घरबाटै अपहरण गरी वेपत्ता पारेका थिए । एघार वर्षसम्म आमाको कुनै अत्तो पत्तो नलागेपछि छोराको धर्म निभाउँदै १३ दिन हिन्दु परम्परा अनुरुप क्रिया गरेको कोइरालाका छोरा गोविन्द कोइरालाले बताए । आमालाई लगेपछि सोही वर्ष फागुनमा सफाय गरेको सूचना टाँस गरी आफुहरुले मारिसकेको खुल्ला सभा आयोजना गरेर बताएका थिए । हामीले मानवअधिकार संघ संस्थाको पहलमा लगिएका विभिन्न स्थानमा खोजी ग¥यौं कुनै अवशेष र प्रमाण फेला पार्न सकेनौं, उनीहरुको भनाईबाट विश्वस्त हुन सकिरहेका थिएनौं अव भने फर्केर नआउनेमा विश्वस्त भएपछि क्रिया गरिएको गोविन्द बताउँछन् ।
घरमा सुतिरहेकी कोइरालालाई रातको समयमा आएका माओवादी कार्यकर्ताले सोधपुछ गरेर फर्काइदिन्छौं भन्दै लगेका थिए । केही दिन अघि सो स्थानमा सरकारपक्षबाट माओवादी कार्यकर्ता मारिएपछि आक्रोसित माओवादीले सुराकीको आरोप लगाउँदै गोमालाई अपहरण गरेको स्थानीयले बताए ।
एक छोरा ३ छोरीकी आमा गोमाको अपहरण भएपछि विक्षिप्त बनेको कोइराला परिवार न्यायका निम्ति मानवअधिकारवादी र राज्यको ढोका ढकढकाउँदै आएका थिए । कोइरालाका पति परशुरामले भने जहाँ जाँदा पनि मैले अहिले सम्म न्याय पाइन । अहिले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन भएपछि न्याय नपाइने होकी भन्ने आशंका गर्दै कोइरालाले भने पिडितलाई मेरै आँखा अगाडी कानुनी कठघरामा उभ्याए पछि मात्रै मनले शान्ति पाउँछ । त्यसका निम्ति वातावरण मिलाईदिन अनुरोध समेत गरे । कुनै पार्टी सदस्य नरहेकी कोइरालाका पति एमाले संगठित सदस्य हुन् ।
सोमबार १३ औं दिनको पुण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभामा एमाले बैकल्पिक केन्द्रिय सदस्य खेमप्रसाद लोहनी, एमाले धादिङका अध्यक्ष भुमी त्रिपाठी, क्षेत्र नं. २ बाट निर्वाचित सभासद गुरुप्रसाद बुर्लाकोटी, एमाले संस्थापक नेता जगन्नाथ नेपाल, राष्ट्रिय प्रतिनिधि परिषद सदस्य नेत्रराज पौडेल उपस्थित भएका थिए ।
फोटो ः गोमा कोइराला