साउदीमा अलपत्रमा परेको धादिङका १ सहित अन्य ५ जनाको उद्धार

537 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ– साउदीमा अलपत्र अवस्थामा रहेका धादिङका १ जना सहित अन्य ५ जनाको उद्धार गरीएको छ । धादिङका वीरसिं तामाङ सहित मकवानपुरका ३ जना र कैलालीका १ जना गरी ५ जनालाई नेपाल आपउन सफल हुनुभएको छ । म्यानपावरले भनेजती काम र दाम नपाएर अलपत्र अवस्थामा परेका उ नीहरुको सामि परियोजनाको आवश्यक सहयोग पछी नेपाल फर्काउन सफल भएको हो । बैदेशिक रोजगारलाई सुरक्षित र भरपर्दो बनाउनको लागाी धादिङमा सन्चालन भएको सामि परियोजनाले विभिन्न कार्यक्रम गर्दै आईरहेको छ । सुचना तथा परामर्श केन्द्र ले आवश्यक सहयोग गरी नेपाल फर्कन सफल भएका छन् । साउदी वाट उद्धार गर्नका लागी अन्य देशको तुलनामा लामो प्रक्रिया लाग्ने भएकोले २ महिना को निरन्तर प्रयास पश्चात उनीहरु नेपाल आउन सफल भएका हुन ।