रोग लुकाई वस्छन् चेपाङ महिला

717 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

डोल भन्ज्याङ्ग–आफनो रोग लुकाएर ,दुख पाएर पनि सहेर वस्ने चेपाङ महिलाहरुको अवस्था देखेर निशुल्क स्वास्थ्य शिविरमा पुगेका आधा दर्जन विशेषज्ञ डाक्टरहरु चकित परे ।
Chepang_womenस्थानीय संस्था प्रयास नेपालको पहलमा स्वयम्भु स्थित मनमोहन मेमोरियल शिक्षण अस्पतालका चिकित्सक सम्ुाहले गोलभन्ज्याङ्गमा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा महिनौं है्रन वर्षेो सम्म आफनो पिडा लुकाएर वसेका दर्जनौं वृद्ध चेपाङ महिलाहरु उपचारका लागी आएका थिए ।
‘बुढाले जान नदिए पनि यसपाली त उपचार गर्न आफै आए“’–पिंडा–२ निवासी ६५ वर्षीया माया चेपाङले वताईन् । विगत ९ वर्ष वाट पाठेघर खसेर दैनिक समस्या खेप्दै आएकी माया चेपाङलाई धेरै रकम खर्च हुने डरले कसैलाई पनि भन्न सकेकी थिईनन् ।
‘कमै उमेरमा विवाह गर्ने , सन्तान जन्माउने अनि समस्या लुकाएर वस्ने गरेकै कारण चेपाङ महिलाहरुमा व्यापक पाठेघरको समस्या देखिएको ’–उपचारमा संलग्न विशेषज्ञ डा.मनोर दिन सैयदले जनाएका छन् ।
२ दिन सम्म संचालित उक्त शिविरमा चेपाङ र दलित समुदायका ५ सय विरामीहरुलाई उपचार, परामर्श तथा औषधि वितरण गरिएको शिविर मनमोहन मेमोरियल शिक्षण अस्पतालका प्रशासकिय अधिकृत नवराज रुपाखेतीले दिएका छन् । स्वास्थ्य शिविरमा उपचार गराउन आएका हरु मध्य २ सय जना चेपाङ र दलित महिलाहरु थिए ।
उक्त शिविरमा स्वास्थ्य परिक्षण पछि पाठेघर खसेर शल्यक्रिया गर्नु पर्ने पहिचान भएका २८ जना महिलाहरुलाई राजधानी वोलाएर निःशुल्क शल्यक्रिया गरिदिने बाचा स्त्री तथा प्रसुती रोग विषेशज्ञ डा.मनोर दिन सैयदले दिएका छन् । गत वर्षमा पनि अस्पतालले एक सय जना चेपाङ र दलित महिलाहरुको निःशुल्क शल्यक्रिया गरेको र अरु ४० जनाको पनि यसै आर्थिक वर्षमा निःशुल्क शल्यक्रिया गरिने डा. सैयदले वताए ।